खानेपानी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
आइतबार, १८ फागुन २०७६, ०८ : ४१
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।
खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी खानेपानीले दरखास्त आह्वान गरेको हो । आइतबार प्रकाशित सूचनामा योग्य र इच्छुक नेपालीले २१ दिनभित्र दरखास्त पेश गर्नुपर्ने उल्लेख गरिएको छ।