केन्द्रीय संस्करण
स्वास्थ्य शैली

के हो भाइरस ? यो कसरी बाँच्छ र फैलिन्छ ?

सबै भाइरस खराब हुँदैनन् : भाइरसलाई औषधीले मार्दैन तर त्यसको असरलाई कम भने गर्न सक्छ !

person explore access_timeफागुन १८, २०७६ chat_bubble_outline0

यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोनाभाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो ? यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं ।

भाइरस भनेको सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप)को सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै सुक्ष्म जीवाणु हुन्, जुन पृथ्वीको सबैतिर पाइन्छ । यो जल, थल, नभ (पानी, जमीन र हावा) जहाँ पनि पाइन सक्छ । यसले प्रत्येक जीवित वस्तुहरु अर्थात् प्राणी, विरुवा, ढुसीहरुलाई समेत संक्रमित तुल्याउन सक्छ । कतिपसम्म भने, भाइरसले मानिसमा सबैभन्दा बढी संक्रमण तुल्याउने व्याक्टेरियालाई नै पनि संक्रमित तुल्याइदिन सक्छ ।


भाइरस भनेको सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप)को सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै सुक्ष्म जीवाणु हुन्, जुन पृथ्वीको सबैतिर पाइन्छ । यो जल, थल, नभ (पानी, जमीन र हावा) जहाँ पनि पाइन सक्छ । यसले प्रत्येक जीवित वस्तुहरु अर्थात् प्राणी, विरुवा, ढुसीहरुलाई समेत संक्रमित तुल्याउन सक्छ । कतिपसम्म भने, भाइरसले मानिसमा सबैभन्दा बढी संक्रमण तुल्याउने व्याक्टेरियालाई नै पनि संक्रमित तुल्याइदिन सक्छ ।


भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोगहरु फैलाइदिने गर्छ । त्यस्ता रोगहरु अत्यन्तै घातक हुने गर्छ । त्यसले विश्वमा ठूलो नरसंहार फैलाइदिन सक्छ, आतंकको वातावरण सिर्जना गरिदिन सक्छ । अहिले संसारभरि चलिरहेको कोरोनाभाइरसको महामारी त्यसैको एउटा ताजा नमूना हो । यसअघि फैलिएको सार्स, मेर्स र बेलाबेलामा फैलिने गरेको वर्ड फ्लू वा स्वाइन फ्लूहरु पनि भाइरसकै कारण सिर्जना हुने महामारीजन्य रोगहरुका नमूना हुन् ।

कोरोनाभाइरस https://cdn4.dogonews.com

त्यसो त रोग लगाउने सबै भाइरसहरु त्यस्तो खतरनाक पनि हुँदैन । अधिकांश भाइरसका विरामीहरु त सामान्य वा मध्यमखालका हुन्छन् र तिनले ठूलो समुदायमा एकैचोटी खासै असर गर्दैन ।

भाइरसले गर्ने असर पनि फरक फरक प्राणीमा फरक फरक हुन सक्छ । उदाहरणका लागि एउटै भाइरसले बिरालोलाई संक्रमित तुल्याउन सक्छ भने त्यही भाइरसले कुकुरलाई चाहिँ केही असर नगर्न पनि सक्छ ।

भाइरस अत्यन्तै जटील हुने गर्छ । तिनमा आरएनए वा डीएनए भन्ने जेनेटिक पदार्थ हुने गर्छ जुन प्रोटिन, लिपिड (बोसो) वा ग्लुकोप्रोटिनको पत्रले ढाकिएका हुन्छन् । भाइरस कुनै होस्ट (अरु जीवित कोष) बिना आफैं संख्याबृद्धि वा बढोत्तरी हुन सक्दैन । त्यसैले भाइरसलाई परजीवि (प्यारासाइट) वर्गमा राखिन्छ । आकारमा अत्यन्तै सानो, नांगो आँखाले देख्नै नसकिने जीवाणु भाइरस यस संसारमा सबैभन्दा बढी संख्यामा पाइने जैविक चीज हो ।


भाइरसलाई परजीवि (प्यारासाइट) वर्गमा राखिन्छ । आकारमा अत्यन्तै सानो, नांगो आँखाले देख्नै नसकिने जीवाणु भाइरस यस संसारमा सबैभन्दा बढी संख्यामा पाइने जैविक चीज हो ।


भाइरसको कुनै उपचार नै हुँदैन । तर भाइरसले गराउने रोगका आधारमा तयार गरिएका भ्याक्सिनहरुले त्यसका असरहरुलाई कम गर्न तथा त्यो फैलिनबाट रोक्न सहयोग गर्न सक्छ ।

भाइरसको असर

कुनै पनि जीवित पदार्थको कोषभित्र छिरेपछि भाइरसले आफ्नो संख्या बृद्धि गर्न थाल्छ । त्यसरी भाइरसले संख्या बृद्धि गर्ने कोषलाई होस्ट सेल भनिन्छ । होस्ट सेलमा बसेर भाइरसले संख्या बृद्धि गर्न थालेपछि त्यो बढ्दै गएको अवस्थालाई भाइरसको संक्रमण भनिन्छ ।

भाइरसको संक्रमणबाट हुने असर सामान्यतः हामीले थाहा नै नपाउनेदेखि ठूलो संख्यामा मानिस, प्राणी वा बोटविरुवाहरुलाई हताहति गराउने हदसम्मको घातक पनि हुन सक्छ । जस्तो कि, हरेक वर्ष लाग्ने मौसमी रुघाखोकीको एउटा प्रमुख जड कारण भाइरस नै हो भने अहिले फैलिएको प्राणघातक कोभिड–२०१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण पनि भाइरस संक्रमणकै सबैभन्दा घातक रुपहरुमध्येको एक हो ।


भाइरसको संक्रमणबाट हुने असर सामान्यतः हामीले थाहा नै नपाउनेदेखि ठूलो संख्यामा मानिस, प्राणी वा बोटविरुवाहरुलाई हताहति गराउने हदसम्मको घातक पनि हुन सक्छ । जस्तो कि, हरेक वर्ष लाग्ने मौसमी रुघाखोकीको एउटा प्रमुख जड कारण भाइरस नै हो भने अहिले फैलिएको प्राणघातक कोभिड–२०१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण पनि भाइरस संक्रमणकै सबैभन्दा घातक रुपहरुमध्येको एक हो ।


रोचक कुरा के छ भने कुनै पनि होस्ट कोषमा प्रवेश गर्नुपूर्वको भाइरसको अवस्थालाई भाइरियोन्स (virions) भनिन्छ । यो अवस्थामा उनीहरुको आकारमा मुश्किलैले एउटा व्याक्टेरियमको सय हिस्साको एक हिस्सा जति मात्रै हुने गर्छ । त्यसमा पनि त्यस भाइरोनमा जम्मा तीनवटा मुख्य हिस्साहरु हुन्छन् :

० जेनेटिक पदार्थ, डीएनए वा आरएनए

० जेनेटिक जानकारीहरुलाई सुरक्षित गर्ने प्रोटिनको पत्र (क्याप्सिड)

० कोषभन्दा बाहिर रहेको अवस्थामा कहिलेकाहीँ भाइरसको प्रोटिन वरिपरि लिपिडको खोल हुने गर्छ

भाइरसमा प्रोटिन बनाउने रिबोसम भनिने कोषको संरचना हुँदैन । यही कारण नै भाइरस पूर्ण रुपमा होस्ट कोषमाथि निर्भर हुने गर्छ । यो मात्रै एउटा त्यस्तो सूक्ष्म जीवाणु हो, जसले होस्ट कोषबिना आफ्नो संख्याबृद्धि वा पुनर्उत्पादन गर्न सक्दैन ।

होस्ट कोषमा प्रवेश गरिसकेपछि भाइरसले आफ्नो जेनेटिक पदार्थहरु त्यसमा हालिदिन्छ र होस्ट कोषको क्रियाकलापहरुलाई आफ्नो नियन्त्रणमा लिन्छ । यो अवस्था नै वास्तवमा भाइरस संक्रमणको शुरुवाती अवस्था हो ।


होस्ट कोषमा प्रवेश गरिसकेपछि भाइरसले आफ्नो जेनेटिक पदार्थहरु त्यसमा हालिदिन्छ र होस्ट कोषको क्रियाकलापहरुलाई आफ्नो नियन्त्रणमा लिन्छ । यो अवस्था नै वास्तवमा भाइरस संक्रमणको शुरुवाती अवस्था हो ।


त्यसरी कोषलाई संक्रमित गरिसकेपछि त्यो कोषभित्र भाइरसले आफ्नो संख्या बृद्धि गर्न थाल्छ । यो अवस्थामा त्यसले नियमित कोष उत्पादनको प्रक्रियाभन्दा भिन्न ढंगले धेरै भाइरल प्रोटिन र जेनेटिक पदार्थहरु उत्पादन गर्न थाल्छ ।

यसरी अरु कोषलाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या बृद्धि गर्ने भाइरसको यही गुणका कारण यसलाई परजीवि वर्ग अर्थात् प्यारासाइटमा राखिएको हो । 

भाइरसको आकार प्रकार

नांगो आँखाले देख्न नसकिने भाइरसको पनि आकार प्रकार होला त ? लाटो हिसाबले सोच्दा हाम्रो मनमा यस्तो प्रश्न उठ्न सक्छ । तर वास्तवमै, आँखाले नदेखिए पनि भाइरसका आकारप्रकारहरु थरिथरिका हुन्छन् । तर मूललतः तिनलाई आकार र प्रकारको हिसाबले तीनवटा आकारमा वर्गीकरण गर्ने गरिन्छ :

टोबाक्को मोजाइक भाइरस https://upload.wikimedia.org

हेलिकल (Helical) : टोबाक्को मोजाइक भाइरसको आकार हेलिक्स हुन्छ ।

आइकोसेड्रल (Icosahedral), झण्डै स्फेरिकसल (near-spherical) भाइरसःजनावरहरुमा पाइने धेरैजसो भाइरसको आकार यस किसिमको हुन्छ ।

खामजस्तै (Envelope)  :केही भाइरसहरुले आफूलाई आफूले परिवर्तित गरिदिएको कोषको झिल्लीले छोप्ने गर्छ, जसले लिपिड (बोसो जस्तै पदार्थ)को एउटा सुरक्षात्मक खोल बनाइदिन्छ । यो खालको भाइरसको उदाहरणमा इन्फ्लुएन्जा र एचआईभीका भाइसलाई लिन सकिन्छ ।

यी तीनवटा बाहेक भाइरसका अरु आकार पनि हुन सक्छन् ।

भाइरसको उत्पत्ति

भाइरस बाँच्नको लागि जीवित कोषको आवश्यकता पर्दछ । जीवित कोषको अभावमा भाइरस केही घण्टादेखि केही दिन वा हप्तासम्म मात्र बाँच्न सक्छ । भाइरसको जीवाशेष पनि हुँदैन त्यसकारण तिनीहरु कहिलेदेखि संसारमा रहे भनेर थाहा पाउने उपाय पनि अहिलेको विज्ञानसँग छैन । मोलेकुलर विधिहरु (Molecular techniques) बाट भाइरसको डीएनए र आरएनएलाई तुलना गरी तिनीहरुको उत्पत्ति कहाँबाट भयो भनेर थाहा पाउन सकिन्छ । 


भाइरस बाँच्नको लागि जीवित कोषको आवश्यकता पर्दछ । जीवित कोषको अभावमा भाइरस केही घण्टादेखि केही दिन वा हप्तासम्म मात्र बाँच्न सक्छ । भाइरसको जीवाशेष पनि हुँदैन त्यसकारण तिनीहरु कहिलेदेखि संसारमा रहे भनेर थाहा पाउने उपाय पनि अहिलेको विज्ञानसँग छैन ।


भाइरसको उत्पत्ति कहाँबाट भयो भनेर थाहा पाउनका लागि संसारमा तीनवटा सिद्धान्तहरु प्रचलित छन् :

अवरोही वा घट्दो परिकल्पना  (Regressive, or reduction hypothesis)  :एउटा स्वतन्त्र जीवित वस्तुको रुपमा शुरु भएर भाइरस पछि परजीवि बन्ने गर्छ । समयक्रममा तिनीहरुको जीन खुइलिँदै जान्छ, जसले गर्दा तिनीहरुलाई परजीवि बनेर रहन सहयोग गर्दैन । अन्ततः तिनीहरु आफू बाँचेको कोषमा पूर्णतः निर्भर बन्न जान्छ ।

बृद्धि हुने वा उम्किएको परिकल्पना (Progressive, or escape hypothesis) :यस अवधारणाअनुसार ठूला खालका जीवित वस्तुबाट ‘उम्किएको’ (escaped) डीएनए वा आरएनएको खण्डबाट भाइरस विकसित भएको हुन्छ । यसतरिकाबाट तिनीहरुले स्वतन्त्र हुने क्षमता हासिल गर्छन् र कोषहरुका बीचमा यताउता जाने गर्छन् ।

भाइरस नै पहिलो परिकल्पना (Virus-first hypothesis):यो परिकल्पनाले चाहिँ करोडौं वर्षपहिले पृथ्वीमा एकल कोषीय जीवको उत्पत्तिसँगसँगै न्यूक्लेइक एसिड र प्रोटिनहरुको जटील अणुहरुबाट भाइरस विकसित भएको विश्वास गर्छ ।

कसरी सर्छ?

भाइरसको अस्तित्व विद्यमान यसको पुनःउत्पादनबाट हुने गर्छ । पुनः उत्पादन भएका नयाँ भायरुसहरु नयाँ कोषहरु र नयाँ होस्टमा फैलिने गर्छ ।

भाइरसको बनावटले यसको फैलिने क्षमतामा प्रभाव पार्छ ।

भाइरस मानिसबाट मानिसमा सर्न सक्छ । त्यसैगरी, गर्भावस्ता वा बच्चा जन्माउने बेलामा आमाबाट बच्चामा पनि सर्न सक्छ ।

सामान्यतः भाइरस निम्न तारिकाले सर्ने गर्छ :

० छुँदा

० संक्रमितको शरीरबाट निस्कने तरल पदार्थहरुबाट

० खोक्दा वा हाँच्छिउ गर्दा

० यौन सम्पर्कको माध्यमबाट

० संक्रमित खानेकुरा वा पानीको माध्यमबाट

० संक्रमित व्यक्तिलाई टोकेको कीराले अन्य स्वस्थ मानिसलाई टोक्दा

० संक्रमित प्राणीले टोक्दा

सामान्यतः भाइरस बाँच्न वा सक्रिय हुनको लागि जीवित होस्ट कोषको जरुरत पर्दछ । तर जीवित होस्ट कोषबेगर पनि यो निर्जीव समयमा वा हावामा केही समयसम्म बाँच्न सक्छ । अतः कुनै व्यक्तिले भाइरस भएको वस्तुलाई छुँदा वा संक्रमति व्यक्तिले छोएका वस्तुहरुलाई प्रयोग गर्दा उसको हातमा त्यो भाइरस टाँसिएर आउन सक्छ र उसलाई पनि संक्रमित तुल्याउन सक्छ । यस किसिमको संक्रमित वा संक्रमण फैलाउन सक्ने वस्तुलाई अंग्रेजीमा फोमाइट (fomite)  भनिन्छ ।


सामान्यतः भाइरस बाँच्न वा सक्रिय हुनको लागि जीवित होस्ट कोषको जरुरत पर्दछ । तर जीवित होस्ट कोषबेगर पनि यो निर्जीव समयमा वा हावामा केही समयसम्म बाँच्न सक्छ । अतः कुनै व्यक्तिले भाइरस भएको वस्तुलाई छुँदा वा संक्रमति व्यक्तिले छोएका वस्तुहरुलाई प्रयोग गर्दा उसको हातमा त्यो भाइरस टाँसिएर आउन सक्छ र उसलाई पनि संक्रमित तुल्याउन सक्छ ।


भाइरसले संक्रमण गरेपछि शरीरका कोषहरुभित्र पुनःउत्पादन वा संख्या बृद्धि हुन थाल्छ र त्यसले आफूले संक्रमित गरेको प्राणीलाई असर गर्न थाल्छ । त्यसो त भाइरसले संक्रमण गर्नेबित्तिकै त्यसको लक्षण देखापरिहाल्दैन, लक्षण देखापर्नको लागि शरीरभित्र मनग्गे मात्रामा भाइरसको पुनःउत्पादन हुनुपर्छ  त्यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई कमजोर तुल्याउन सक्नुपर्छ । यसरी संक्रमण गरेपछि पनि लक्षण नदेखिने वा लक्षण देखापर्न लाग्ने समयलाई भाइरसको इन्कुवेसन पिरियड (incubation period)  वा विन्डो पिरियड (window period) भनेर भन्ने गरिन्छ । त्यो समयावधि सकिएपछि मात्रै भाइरस संक्रमणका लक्षणहरु देखापर्न थाल्छन् । तर सामान्यतः स्वस्थ देखिने त्यस समयावधिभित्र नै पनि भाइरस संक्रमणमा परेका व्यक्तिबाट अर्को व्यक्तिमा भाइरसको संक्रमण फैलिन सक्छ ।

भाइरसले रुप परिवर्तन गर्‍यो भने के हुन्छ?

भाइरस फैलिँदा यसले आफ्नो होस्टको डीएनएलाई अर्को कोष वा जीवमा लैजान सक्छ । जब भाइरस होस्टको डीएनएमा प्रवेश गर्छ, यसले क्रोमोजोमका बीचमा वा नयाँ क्रोमोजोममा घुमेर व्यापक रुपमा जिनोमलाई असर गर्न सक्छ । सामान्यतः जिनोम भन्नाले कुनै पनि जीवित वस्तुको वंशानुगत जानकारीहरुको संग्रह भनेर बुझ्न सकिन्छ । सामान्यतः जीवित वस्तुहरुमा त्यसलाई डीएनए वा केही भाइरसहरुमा आरएनए भनेर पनि बुझिन्छ ।

यस प्रक्रियाले एउटा दीर्घकालीन प्रभाव राख्छ । होस्ट डीएनएसँगको यो अन्तरक्रियाले भाइरसको रुप नै पनि परिवर्तन गराइदिन सक्छ ।

सामान्यतः एउटा भाइरसले एउटा खास किसिमका प्राणी वा जीवित वस्तुलाई मात्र असर गर्ने गर्छ । उदाहरणको लागि, चरालाई लाग्ने भाइरसकै कुरा गरौं । चरालाई लाग्ने वा उसलाई संक्रमण गर्ने भाइरस मानिसमा सर्दैन वा मानिसलाई असर गर्दैन । तर केही गरी त्यो भाइरसले मानिसको डीएनएलाई टिप्न सक्यो भने त्यसले भाइरसको रुपलाई परिवर्तन गराइदिन्छ र त्यसले भविष्यमा मानिसलाई असर गर्न सक्छ ।


जनावरमा मात्र पाइने भाइरसले रुप बदलेर मानिसलाई पनि संक्रमण गर्न थाल्यो भने त्यसले ल्याउने परिणाम निक्कै घातक हुने गर्छ । बेलाबेलामा चल्ने बर्ड फ्लूको महामारी त्यसैको एउटा उदाहरण हो । त्यो भन्दा पनि खतरनाक सार्स, मेर्सको महामारी र अहिले चीनको ऊहानबाट देखापरेको भनिएको कोभिड– २०१९ नाम दिइएको नयाँ खालको कोरोनाभाइरसको महामारी पनि त्यसरी नै जनावारबाट मानिसमा भाइरस सरेर उत्पन्न भएको खतरनाक संकटकै एउटा बलियो उदाहरण हो ।


यही कारण नै वैज्ञानिकहरु जनावरबाट मानिसमा सर्ने त्यस्ता भाइरसहरुका बारेमा विशेष चासो र चिन्ता राख्ने गर्छन् । किनभने सामान्यतः त्यसरी जनावरमा मात्र पाइने भाइरसले रुप बदलेर मानिसलाई पनि संक्रमण गर्न थाल्यो भने त्यसले ल्याउने परिणाम निक्कै घातक हुने गर्छ । बेलाबेलामा चल्ने बर्ड फ्लूको महामारी त्यसैको एउटा उदाहरण हो । त्यो भन्दा पनि खतरनाक सार्स, मेर्सको महामारी र अहिले चीनको ऊहानबाट देखापरेको भनिएको कोभिड– २०१९ नाम दिइएको नयाँ खालको कोरोनाभाइरसको महामारी पनि त्यसरी नै जनावारबाट मानिसमा भाइरस सरेर उत्पन्न भएको खतरनाक संकटकै एउटा बलियो उदाहरण हो ।

त्यसो त मानिसलाई भाइरस संक्रमणका कारण हुने रोगहरुको सूची पनि लामो नै छ । तीमध्ये कतिपय त खतरनाक खालका पनि हुन्छन् । भाइरसका कारण मानिसलाई लाग्ने केही रोगहरु निम्नानुसार छन् :

स्मलपक्स

रुघाखोकी तथा विभिन्न खालका फ्लूहरु

दादुरा, हाँडे, रुवेला, ठेउला, विफर र हेपाटाइटिस

हर्पिस र कोल्ड सोर्स

पोलियो

रेविज

इबोला र हान्टा ज्वरो

एचआईभी (जसले एड्स लगाउँछ)

सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम (सार्स)

मिडिलइस्ट रेस्पिरेटोरी सिन्ड्रोम (सार्स)

वर्ड फ्लू

डेंगू ज्वरो, जिका आदि

केही भाइरसहरु, जस्तै ह्युमन पापिलोमा भाइरस (Human papilloma virus (HPV)) ले त क्यान्सर समेत गराउन सक्छ ।

सबै भाइरस खराब हुँदैनन्

त्यसो त भाइरस भन्ने बित्तिकै हाम्रो मनमस्तिष्कमा रोग लगाउने खतरनाक जीवाणुको तस्विर देखापर्छ । तर वास्तवमा, सबै भाइरसहरु खराब हुँदैनन् । यस संसारमा रहेका अनगिन्ती भाइरसहरुमध्ये सबैले मानिस वा प्राणीलाई संक्रमित तुल्याइहाल्ने पनि होइन । सबै व्याक्टेरियाहरु खराब नभएजस्तै, कतिपय व्याक्टेरियाहरु मानवोपयोगी भए जस्तै भाइरसहरु पनि मानिसका लागि उपयोगी हुने खालका पनि हुन्छन् ।


सबै व्याक्टेरियाहरु खराब नभएजस्तै, कतिपय व्याक्टेरियाहरु मानवोपयोगी भए जस्तै भाइरसहरु पनि मानिसका लागि उपयोगी हुने खालका पनि हुन्छन् । विशेष गरेर त्यस्ता भाइरसहरु मानिसका लागि सहयोगी वा उपयोगी हुने गर्छन्, जुन भाइरसले व्याक्टेरियालाई खाइदिने गर्छ । मानिसको शरीरमा फाइदा गर्ने व्याक्टेरियाहरु जस्तै त्यस्ता थुप्रै उपयोगी भाइरसहरु पनि हुने गर्छन्, जसले खतरनाक व्याक्टेरियाहरुलाई खाइदिने काम गर्छ ।


विशेष गरेर त्यस्ता भाइरसहरु मानिसका लागि सहयोगी वा उपयोगी हुने गर्छन्, जुन भाइरसले व्याक्टेरियालाई खाइदिने गर्छ । मानिसको शरीरमा फाइदा गर्ने व्याक्टेरियाहरु जस्तै त्यस्ता थुप्रै उपयोगी भाइरसहरु पनि हुने गर्छन्, जसले खतरनाक व्याक्टेरियाहरुलाई खाइदिने काम गर्छ । उदाहरणको लागि मानिसलाई हानिगर्ने इकोली नाम गरेको व्याक्टेरिया (Escherichia coli (E. coli))लाई हाम्रो शरीरमा हुने भाइरसले खाइदिएर त्यसको नकारात्मक असरबाट बचाउने काम गरिरहेको हुन्छ ।

भाइरससँगको लडाइँ

हाम्रो शरीरमा प्रवेश गरेको भाइरस वा कुनै पनि हानिकारक जीवाणुहरुका विरुद्ध हाम्रो शरीरको रोग प्रतिरोधी प्रणाली अर्थात् इम्युन सिस्टमले लड्ने काम गरिरहेको हुन्छ । उक्त प्रणालीले हाम्रो शरीरमा टी कोषहरुको विकास गरेर शरीरको प्रतिरक्षा गरिरहेको हुन्छ, जुन कोषले भाइरसलाई पनि आक्रमण गर्ने गर्छ ।

हाम्रो शरीरको इम्युन सिस्टमले शरीरमा भाइरस पसेको पत्ता लगाउनेबित्तिकै यसले टी कोषहरु पठाएर त्यसलाई आक्रमण गरिहाल्छ । फलतः भाइरसले शरीरका कोषहरुलाई नोक्सान पुर्याइहाल्दैन ।

यसक्रममा हुने आरएनए बाधित (RNA interference) प्रक्रियाले भाइरसको जेनेटिक पदार्थहरुलाई टुक्राटुक्रा पारिदिन्छ । शरीरको इम्युन सिस्टमले एउटा विशेष खालको प्रतिजैविक पदार्थ उत्पादन गर्छ जसले भाइरसलाई बाँधिदिन्छ र भाइरसलाई निष्क्रिय वा संक्रमण गर्न नसक्ने खालको बनाइदिन्छ । धेरै जसो भाइरसहरुले शरीरको इम्युन सिस्टमको प्रतिरक्षात्मक कारवाहीलाई उत्तेजित गरिदिन्छ र त्यो सिस्टमले भाइरसलाई आक्रमण गरिहाल्छ ।

तर केही भाइरसहरु बाठा हुन्छन् । एचआइभी र न्युरोट्रोफिक भाइरसहरुले हाम्रो शरीरको इम्युन सिस्टमलाई झुक्याएर शरीरभित्र प्रवेश गर्ने गर्छ ।


https://upload.wikimedia.org

केही भाइरसहरु बाठा हुन्छन् । एचआइभी र न्युरोट्रोफिक भाइरसहरुले हाम्रो शरीरको इम्युन सिस्टमलाई झुक्याएर शरीरभित्र प्रवेश गर्ने गर्छ ।


सबैलाई थाहा भएकै कुरा हो, एचआईभीले एड्सजस्तो खतरनाक बिरामी लगाइदिन्छ ।  त्यसैगरी, न्युरोट्रोफिक भाइरसहरुले चाहिँ हाम्रो शरीरको स्नायु प्रणालीमा आक्रमण गरेर पोलियो, रेविज, हाँडे (गलफुला) तथा दादुरा जस्ता रोगहरु लगाइदिने गर्छ । यस्ता भाइरसले हाम्रो केन्द्रीय स्नायु प्रंणालीको संरचनामै असर पुर्याएर गम्भीर नोक्सानी गर्न सक्छ ।

भाइरसको उपचार र भ्याक्सिन एवं औषधीहरु

व्याक्टेरियाको संक्रमणबाट हुने रोगहरुको उपचार एन्टिबायोटिक (प्रतिजैविक) औषधीहरुबाट सफलतापूर्वक गर्न सकिन्छ । तर दुर्भाग्यवश, भाइरसका कारण हुने संक्रमणहरु पूर्णत: निको पार्ने औषधीहरु हुँदैनन् । भाइरसको असरबाट मुक्त हुने सबैभन्दा उत्तम उपाय नै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने हो । भाइरसविरुद्ध हाम्रो इम्युन सिस्टमले लड्दै जाँदा भाइरसको असर कम हुँदै जान्छ र अन्तोगत्वा त्यसलाई शरीरबाट बाहिर निकालिदिन्छ । त्यसैले भाइरसले संक्रमण गर्दा गर्नुपर्ने सबैभन्दा जरुरी कुरा नै पर्याप्त मात्रामा आराम, सन्तुलित खानेकुराहरु तथा प्रशस्त मात्रामा झोलिलो खानेकुराहरुको सेवन हो ।


दुर्भाग्यवश, भाइरसका कारण हुने संक्रमणहरु पूर्णत: निको पार्ने औषधीहरु हुँदैनन् । भाइरसको असरबाट मुक्त हुने सबैभन्दा उत्तम उपाय नै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने हो ।


भाइरसको असरलाई कम गर्न वा शरीरमा भाइरसको संक्रमण हुन नदिनको लागि कतिपय रोगहरुको भ्याक्सिन पाइन्छ । त्यसबाहेक, भाइरसको संक्रमणका दौरानमा देखापर्ने विभिन्न समस्याहरुमा लक्षणका आधारमा औषधीहरुको सेवन गरेर त्यसको असरलाई न्यून गर्न सकिनछ ।

त्यसो त कतिपय भाइरसजन्य रोगहरुका लागि प्रभावकारी औषधीहरु पनि बनेका छन् । उदाहरणको लागि एचआइभी एड्सका उपचारमा प्रयोग हुने एन्टिरेट्रोभाइरस औषधीहरु पनि बनेका छन् । तर यसको अर्थ ती औषधीहरुले एचआइभीको भाइरसलाई मार्छ भन्ने होइन । त्यसले भाइरसको विकास र त्यसको कारण हुने संक्रमणको गतिलाई सुस्त बनाउने काम गरिदिन्छ ।

त्यसैगरी, जनैखटिरा लगायतका समस्या गराउने हप्र्स सिम्प्लेक्स भाइरस, हेपाटाइटिस बी, हेपाटाइटिस सी, इन्फ्लुएन्जा, ठेउला लगायत कतिपय रोगहरुको पनि एन्टिभाइरस औषधिहरु बनेका छन् ।

भाइरसका विरुद्ध सस्तो र प्रभावकारी काम चाहिँ खोप गर्छ । विफर लगायत अन्य केही भाइरसजन्य रोगहरुमा सफल सफल र प्रभावकारी देखिएको छ ।

भाइरसविरुद्धको खोपमा निम्न कुरा हुन सक्छन्ः

शरीरमा रोग फैलाउन नसक्ने गरी कमजोर पारिएका रोगका भाइरस, जसका विरुद्ध शरीरको रोग प्रतिरोधी क्षमता (इम्युन सिस्टम) ले लडेर प्रतिजैविक क्षमता विकसित गर्न सक्छ । त्यसले गर्दा साँच्चै नै भाइरसको संक्रमण हुँदा हाम्रो इम्युन सिस्टमले त्यसका विरुद्ध लड्न सिकिसकेको हुन्छ ।

० एन्टिजेन्स भनिने भाइरल प्रोटिनहरु, जसले हाम्रो इम्युन सिस्टमलाई भविष्यमा त्यसका विरुद्ध लड्न प्रतिजैविक तत्वहरु विकसित गर्न उत्प्रेरित गर्छ ।

० कमजोर तुल्याइको जीवित भाइरस, जस्तो कि पोलियो विरुद्धको खोप

तर यस्ता जीवित भाइरसहरु भएको खोपले कमजोर इम्युन सिस्टम भएका मानिसमा चाहिँ साँच्चै नै रोग लगाइदिने खतरा पनि रहन्छ ।

https://cdn-prod.medicalnewstoday.com

हालसम्म खोप उपलब्ध भएका केही प्रमुख संक्रामक रोगहरुमा पोलियो, दादुरा, हाँडे (गलफुला), विभिन्न थरिका फ्लूहरु, रुवेला आदि छन् । त्यस्ता खोपहरुका कारण त्यस्ता रोगहरु व्यापक रुपमा फैलिनबाट रोकिएको छ ।

ख्याल गर्नैपर्ने कुरा के हो भने खोप लगाउँदैमा त्यो रोगबाट पूर्णतः बच्न सकिन्छ भने होइन तर त्यसको सम्भावना भने अति न्यून बनाइदिन्छ । उदाहरणको लागि दादुराको दुई मात्रा खोपले त्यो रोगका विरुद्ध ९७ प्रतिशतसम्म बचाउ गर्छ ।


ख्याल गर्नैपर्ने कुरा के हो भने खोप लगाउँदैमा त्यो रोगबाट पूर्णतः बच्न सकिन्छ भने होइन तर त्यसको सम्भावना भने अति न्यून बनाइदिन्छ । उदाहरणको लागि दादुराको दुई मात्रा खोपले त्यो रोगका विरुद्ध ९७ प्रतिशतसम्म बचाउ गर्छ ।


अमेरिकामा मात्रै दादुराको खोपको सफलतादर ९९ प्रतिशत छ । यो भनेको कदाचित अमेरिकामा दादुराको महामारी फैलियो भने पनि यसको खोप लगाएकालाई असर गर्दैन ।

कतिपय मानिसहरु यस्ता खोपहरु लगाउन रुचाउँदैनन् तर पनि उनीहरुलाई संक्रमणले छोइहाल्दैन । यसो हुनुको कारण चाहिँ धेरैजसोले खोप लगाएको अवस्थामा त्यस भाइरसको संक्रमण हुने सम्भावना न्यून भएको हुन्छ ।

ख्याल गर्नुपर्ने जरुरी कुरा के हो भने धेरैजसो भाइरसका संक्रमणहरु बिना उपचार नै ठीक हुन्छ । यसो हुनुको कारण हाम्रो शरीरको इम्युन सिस्टमले लड्नु नै हो । तर इम्युन सिस्टम कमजोर भएकाहरुको हकमा चाहिँ यो कुरा सत्य हुँदैन । त्यसबाहेक, भाइरसको संक्रमण हुँदा देखापर्ने अन्य असरहरु जस्तै दुखाइ, ज्वरो, खोकीहरुमा चाहिँ औषधिको सेवनले आराम पुग्न सक्छ ।

तथ्यस्रोतः मेडिकलन्यूज टुडे

Homepage photo:https://d2r55xnwy6nx47.cloudfront.net

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.