शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजारका बोतलको पानी स्वास्थमा हानी ?

पानीमा भएको अशुद्धता हटाउँदा पानी बढीमा शुद्ध कहलाउन सक्ला, गुणस्तरीय रहेको दावी गर्न मिल्ने अवस्थाको हुन सक्ने निश्चित हुँदैन
शनिबार, १७ फागुन २०७६, २२ : ५९
शनिबार, १७ फागुन २०७६

बोतलको पानी पिउने चलन हाम्रो न त रैथाने चलन हो न त हाम्रो परम्परागत ज्ञानका अनुसार मानव कल्याणको लागि उपयुक्त नै ठानिन्थ्यो। आदि कालमा समेत सफा पानीको उपलब्धता नहुने बखत हामीले पानीको फिल्ट्रेसन मार्फत शुद्ध गर्ने र त्यसलाई मट्कामा वा घैँटामा राखी त्यसमा हुनसक्ने रेडिकल आयोनहरुलाई निष्क्रिय तुल्याएर पिउने गरिन्थ्यो।

जीवन अनियन्त्रित सहरीकरणको चपेटामा परेपछि प्लास्टिकको बोतलमा पानीलाई रिभर्स अस्मोसिस ( आरओ) प्रक्रियाबाट शुद्ध गर्ने र वैज्ञानिक रूपमा शुद्ध रहेको दाबीका साथ बजारमा बिक्री सुरु गरियो। पहिले पानी शुद्ध भए पनि पानी प्रयोग हाल्न प्रयोग गरिने बोतल र बोतलको बिर्को बनाउँदा प्रयोग हुने प्लास्टिसाइजर र तिनका लुब्रिकेन्टहरु मानिसमा क्यान्सर उत्पन्न गर्न सहयोगी हुने भेटिए पछि पानी व्यवसाय चर्को अनुगमनमा पर्‍यो।

धेरै पानी प्रतिबन्धित बन्यो। पानी प्रदूषण गराउन भूमिका खेल्ने तत्त्वबाट  बोतल र बोतलको बिर्कोलाई मुक्त गर्न सकेपछि बिना रोकतोक बजार जान पाएको बोतलको पानी पानी प्रशोधन गर्ने प्रक्रियामा प्रयोग हुने रिभर्स अस्मोसिस (आरओ) प्रक्रियाको दुर्गुणका कारण मानिसको दूरगामी स्वस्थमा हानिकारक रहेको प्रमाणित बनेपछि आएको विश्व स्वस्थ सङ्गठनको रिभर्स अस्मोसिस (आरओ) प्रक्रिया अपनाएर बनेको बोतलको पानी बारेको चेतावनी पत्रले वास्तवमा पानी प्रशोधनमा समेत रहेको हाम्रो परम्परागत रैथाने पानी छानेर पिउने प्रक्रियाको विशिष्टताले हामीलाई गिज्याई रहेको प्रतीत हुन्छ।     


बोतलको पानी पानी प्रशोधन गर्ने प्रक्रियामा प्रयोग हुने रिभर्स अस्मोसिस (आरओ) प्रक्रियाको दुर्गुणका कारण मानिसको दूरगामी स्वस्थमा हानिकारक रहेको प्रमाणित बनेपछि आएको विश्व स्वस्थ सङ्गठनको रिभर्स अस्मोसिस (आरओ) प्रक्रिया अपनाएर बनेको बोतलको पानी बारेको चेतावनी पत्रले वास्तवमा पानी प्रशोधनमा समेत रहेको हाम्रो परम्परागत रैथाने पानी छानेर पिउने प्रक्रियाको विशिष्टताले हामीलाई गिज्याई रहेको प्रतीत हुन्छ। 


बोतलको पानी पिउने निकै धेरैले नेपालमा बुझेको र सरकार मार्फत बुझाइएको कुरा के हो भने धेरै पानी कम्पनीहरुले रिभर्स ओसमोसिस अथवा आरओ प्रणालीबाट पानीमा भएको अशुद्धता हटाएर बचेको शुद्ध पानी बोतलमा हाली बजार पठाउने गर्छन् जुन पिउनको लागि अति उत्तम हुने गर्छ। सबैलाई भनिएको छ, रिभर्स ओसमोसिस अथवा आरओ प्रणाली पानीको सम्पूर्ण अशुद्धता हटाउनमा सक्षम रहन्छ। त्यसैले यो उत्कृष्ट गुणस्तरको हुन पुगेको हो।

बोतलको पानीको वास्तविक यथार्थ केहो भने पानीको अशुद्धता हटाउने क्रममा पानीमा हुने मानव शरीरलाई फाइदाजनक खनिज पदार्थहरू समेत रिभर्स ओसमोसिस प्रक्रियाले पानी बाट हटाइदिन्छ। रिभर्स ओस्मोसिस प्रक्रियाले पानीमा हुने ९२ देखि ९९ प्रतिशतसम्म मानिसलाई नभई नहुने क्याल्सियम र म्याग्नेसियम पानीबाट हटाइदिन्छ। यो भनेको मानव स्वस्थको लागि अत्यन्त प्रतिकूल अवस्था हो।

वैज्ञानिक तर्कका आधारमा हेर्दा पानीमा भएको अशुद्धता हटाउँदा पानी बढीमा शुद्ध कहलाउन सक्ला, गुणस्तरीय रहेको दाबी गर्न मिल्ने अवस्थाको हुन सक्ने निश्चित हुँदैन। सरकारका सम्बन्धित निकायका विज्ञ र अधिकारीहरू कतिपय अवस्थामा यथार्थताको ठिक उल्टो रिभर्स ओस्मोसिस प्रक्रियाबाट प्रशोधन हुने पानी पिउनको लागि उच्च गुणस्तरको हुने भ्रम युक्त सन्देशहरू दिँदै गरेको समेत देखिएको छ । किन हो जनमानसमा वैज्ञानिक यथार्थता मेरो सरकार लैजानबाट चुकिरहेको छ।

'हामी यस्तै त हो नि ब्रो’ भने जस्तै पारामा हाम्रा सरकारी निकाय शुद्ध र गुणस्तरीय बीचको फरकलाई वेवास्ता गरी मात्र अशुद्ध पदार्थ हटाइएको बोतलको पानीलाई उच्च गुणस्तरको सर्टिफिकेट थमाइदिन हतारो गर्ने गरेको समेत भेटिन्छ।

रिभर्स ओस्मोसिस मार्फत प्राप्त हुने डि-मिनीरलाइजड अर्थात मिनिरलहरू लगभग सम्पूर्ण रूपमा हटाइएको पानी सम्बन्धी सयौँ वैज्ञानिक अध्ययनहरूको विश्लेषण गरेपछि विश्व स्वास्थ्य सङ्गठनले मिनिरलरहित पानी पिउँदा पशु र मानव दुबैमा निश्चित प्रकृतिका शारीरिक विकृतिहरू पैदा हुने रिपोर्ट सार्वजनिक गरेको छ।

मानिसमा रिभर्स अस्मोसिसबाट प्राप्त पानीको छोटो अवधिको जोखिमको अध्ययन गर्न सन् २००० देखि २००२ सम्म चेक गणतन्त्र र स्लोभाकियाका मानिसका घरमा रिभर्स ओस्मोसिस प्रणालीको स्वस्थमा पुग्ने असरबारे अध्ययन गरियो। रिभर्स ओस्मोसिस प्रणालीले शुद्ध पारिएको पानी पिउन थालेको केही हप्तामै त्यहाँका मानिसमा विभिन्न स्वास्थ्यका समस्या भएको गुनासोहरू आउन थाल्यो।


मानिसमा रिभर्स अस्मोसिसबाट प्राप्त पानीको छोटो अवधिको जोखिमको अध्ययन गर्न सन् २००० देखि २००२ सम्म चेक गणतन्त्र र स्लोभाकियाका मानिसका घरमा रिभर्स ओस्मोसिस प्रणालीको स्वस्थमा पुग्ने असरबारे अध्ययन गरियो। रिभर्स ओस्मोसिस प्रणालीले शुद्ध पारिएको पानी पिउन थालेको केही हप्तामै त्यहाँका मानिसमा विभिन्न स्वास्थ्यका समस्या भएको गुनासोहरू आउन थाल्यो।


उनीहरूमा म्याग्नेसियम (र सम्भवतः क्याल्सियम) को कमीले हुने शारीरिक विकारहरू जस्तै थकाइ लाग्ने, कमजोर महसुस हुने, शरीर बाउँडिने जस्ता समस्या देखा परेको भेटिन्थ्यो। महिनौँपछि उक्त समस्या पानीबाट प्राप्त हुने म्याग्नेसियम र क्याल्सियमको कमीको कारण पैदा भएको यकिन भयो।

हाम्रा रैथाने तरिका अपनाएर शुद्ध गरिएका पानीबाट शरीरलाई जरुरी हुने धेरै प्रकारका सूक्ष्म रसायनहरू प्राकृतिक रूपमा प्राप्त हुने गर्छ। उक्त रसायनहरू हाम्रो शरीरले पानीबाट प्राप्त नगर्दाको अवस्थामा त्यसको नकारात्मक जोखिमयुक्त प्रभावहरू मानिसमा देखिने गर्छ। पानीले पूर्ति गर्ने कतिपय पदार्थहरू खाना तथा भिटामिन जस्ता अन्य श्रोत बाट शरीरले प्राप्त गर्न सक्दा शरीरमा खासै कुनै जोखिम पुगेको देखिँदैन।

पानीबाट शरीरले प्राप्त गर्ने म्याग्नेसियम वा क्याल्सियमको कमीमा भने छोटो समयमै शरीरमा जोखिमयुक्त असरहरू पुग्ने गरेको अनुसन्धानको रिपोर्ट छ। रिपोर्टका अनुसार रिभर्स अस्मोसिस प्रक्रियाबाट प्राप्त पानीको केही महिनाको सेवनले मानिसमा म्याग्नेसियम र / वा क्याल्सियमको कमीमा देखिने प्रकृतिको गम्भीर साइड इफेक्टहरू सिर्जना गरिदिने सम्भावना बढेर जाने उल्लेख गरिएको भेटिन्छ।

अनुसन्धानको निचोडले भन्छ रिभर्स ओसमोसिस प्रक्रियाले पानीमा रहेको खनिज पदार्थ उल्लेखनीय रूपमै हटाइदिने देखियो। जब तपाईं पनि पिउनु हुन्छ, एकातर्फ शरीरले पानीबाट प्राप्त हुने खनिजहरू पाउन सकिरहेको हुँदैन। अर्कोतर्फ तपाईंले पिएको पानीले आफूलाई प्राकृतिक रूपमा हुने मिनीरलाइज अवस्थामा पुर्याउन शरीरमा भएको खनिज पदार्थलाई आफूतर्फ खिचेर लिने गर्छ। मतलब मानिसले आफ्नो नियमित खानपान र भिटामिनहरू मार्फत\ शरीरलाई उपलब्ध गराई रहेको खनिजहरू शरीरबाट पानीमा घुलिन जाने र उक्त खनिज पदार्थहरू पिसाब हुँदै शरीर बाट बाहिरिने गरेको भेटियो।

रिभर्स ओसमोसिस गरिएको पानीको भूमिका पानीबाट प्राप्त भइरहेको खनिज पदार्थको प्राप्ति रोक्नु र उल्टो शरीरमा भएको खनिज पदार्थ समेत नियमित उत्सर्जन गराउने देखिएको हुँदा यो मानिसमा खनिज पदार्थको कमीले दिने स्वास्थ्य समस्या विकास हुन गर्न जिम्बेबार रहेको अनुसन्धानको निचोड थियो।

रिभर्स ओसमोसिस गरिएको पानीले शरीरमा पुर्‍याउने खनिजहरूको कमीलाई खानामा प्रशस्त खनिज पदार्थहरू उपलब्ध गराएर पूर्ति गर्न सकिएला वा नसकिएला भनि अर्को वैज्ञानिक अनुसन्धान पनि गरियो।

अनुसन्धानबाट आहारमा पर्याप्त खनिज उपलब्ध गराएर पानीमा हुनुपर्ने खनिज उपलब्ध नहुँदाका बखत देखिएको शरीरको आफ्नै मिनिरल नियमित शरीरबाट बाहिरिने क्रमलाई रोक्न नसकिने निचोड बाहिरियो।


बैज्ञानिक अनुसन्धानका रिपोर्टहरुमा एकपछि अर्को गर्दै देखिएको सनसनीपूर्ण सूचनापश्चात रिभर्स असमोसिस गरिएको पानीको गुणस्तरबारे निकै धरै अनुसन्धान हरु गरिए । पटक पटक गरिएका वैज्ञानिक अनुसन्धानहरुले दिएको निचोड लगभग एउटै आयो, त्यो हो –पिउने पानीमा पर्याप्त मात्रामा खनिज पदार्थको संयोजन नरहँदा शरीरको होमियोस्टेसिस संयन्त्रमा नकारात्मक प्रभाव पर्छ।


बैज्ञानिक अनुसन्धानका रिपोर्टहरुमा एकपछि अर्को गर्दै देखिएको सनसनीपूर्ण सूचनापश्चात रिभर्स असमोसिस गरिएको पानीको गुणस्तरबारे निकै धरै अनुसन्धान हरु गरिए । पटक पटक गरिएका वैज्ञानिक अनुसन्धानहरुले दिएको निचोड लगभग एउटै आयो, त्यो हो –पिउने पानीमा पर्याप्त मात्रामा खनिज पदार्थको संयोजन नरहँदा शरीरको होमियोस्टेसिस संयन्त्रमा नकारात्मक प्रभाव पर्छ। शरीरमा पुग्न जाने खनिज पदार्थको असन्तुलनले पाचन प्रक्रियामा सम्झौता गर्नुपर्ने अवस्थाको विकास गरिदिन्छ।

हुनपनि रिभर्स ओसमोसिस गरिएको पानीको सेवन गर्दा तपाईंको शरीरको तरल पदार्थमा इलेक्ट्रोलाइट्सहरुको मात्रा घट्न जान्छ। शरीरको नियमित कार्य सुचारु गर्न घटेको इलेक्ट्रोलाइट्सहरुको मात्रा शरीरमै रहेको म्याग्नेसियम र क्याल्सियम जस्ता मिनिरलसहरुमार्फत पूर्ति गर्न जरुरी हुन्छ।

जब अवशोषण तथा पाचन प्रक्रिया पूरा हुन्छ तब पानी आफूमा घुलेको खनिज पदार्थहरू सहित शरीरबाट पिसाबको रूपमा बाहिरिन्छ। शरीरमा देखिने इलेक्ट्रोलाइट्सहरुको कमीको सुरुवातको लक्षणका रूपमा थकान महसुस हुने, शरीर कमजोर बन्ने, टाउको दुख्ने, मांसपेशी बाउँडिने, हृदयको गति सुस्त हुने जस्ता समस्या आइलाग्छ।

नेपाल सरकारले ल्याएको प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ को मेशिनरी तथा उपकरण अन्तर्गत खण्ड (ग) मा लेखिएको छ 'पानी प्रशोधन उद्योगले स्वैच्छिक रूपमा सेरामिक फिल्टर, मेमरेन फिल्टर,  रिभर्स ओस्मोसिस लगायतका आधुनिक मेशिन औजार तथा मेशिनरी उपकरणहरूको ( प्रशोधनमा प्रयोग गरिने पानीको गुणस्तर अनुरूप) व्यवस्था गर्न सक्नेछ।' निर्देशिका २०७४ का अनुसार पानी प्रशोधनमा रिभर्स अस्मोसिस प्रक्रिया अपनाउँदा पानी उच्च गुणस्तरको रहने वकालत गरिरको छ।


नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट प्रमाणित भएर जारी गरिएका खाद्य सम्बन्धका मापदण्ड निर्देशिकाहरू बनाउने क्रममा देखिने सबैभन्दा सङ्क्रमित रोग हो विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्व आज कहाँ पुगी रहेको छ भन्ने बारे आकलन गर्न जरुरी नठानिनु।


नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट प्रमाणित भएर जारी गरिएका खाद्य सम्बन्धका मापदण्ड निर्देशिकाहरू बनाउने क्रममा देखिने सबैभन्दा सङ्क्रमित रोग हो विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्व आज कहाँ पुगी रहेको छ भन्ने बारे आकलन गर्न जरुरी नठानिनु। दैनिक जसो संसारले मानव स्वस्थ र प्रविधि बारे नयाँ तथ्य सहितको सूचनाका प्राप्त गर्छ। नयाँ सूचनाको आधारमा नयाँ बजार माग उत्पन्न हुन्छ। मन्त्रालय स्तरबाट बनाइने यस्ता निर्देशिकाहरू नियमित रूपमा विकास हुने नयाँ प्रविधिहरू लाई समेत समेट्ने हैसियत हुने गरी विकास गरिनु पर्छ। नयाँ तथ्य र नयाँ प्रविधिबारे सामान्य चेत समेत नराखी निर्देशिकाहरू बनाउने रोग नेपालमा  परम्परागत चलन बनिसकेको छ।

सिधा कुरा गर्दा तिनै परम्परालाई कायम गर्दै अत्यन्त सङ्कीर्ण मानसिकताबीच नेपालको कृषि तथा खाद्य उत्पादन एवं प्रशोधन मापदण्ड सम्बन्धका निर्देशिकाहरू बनेको देखिन्छ। अत्यन्त सङ्कीर्ण मानसिकतामा तैयार भएका निर्देशिकाहरू नेपालमा सम्वृद्धि दिन निर्णायक हुने भ्रम बहालवाला मन्त्री र जनप्रतिनिधिहरूमा दिलाएर उक्त निर्देशिकाहरू जारी भई लागू भएका भेटिन्छन। यो परम्परा नेपालमा सजिलै तोडिने अवस्था देखिँदैन। यो तर्फ सरकारको उचित ध्यान जावोस्।

(लेखक नेपाली मूलका क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन्।)

Title Photo: https://image.made-in-china.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण घिमिरे
नारायण घिमिरे
लेखकबाट थप