शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बस्ताकोटी

शनिबार, १७ फागुन २०७६, १९ : २०
शनिबार, १७ फागुन २०७६

भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् । 

शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरी दाहाल के.सी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधिर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन भएका छन् । 

त्यसैगरि सदस्यहरुमा रामहरि फुयाँल, रोशन कुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुल्सी मैयाँ ज्याख्वा रहेका छन् । 

त्यसगरि अधिवेशनले चार नगरका संयोजकहरुको समेत चयन गरेको छ । जसमा चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप