शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय निजामति सेवा ऐन तत्काल कार्यान्वयन गर्न माग

शनिबार, १७ फागुन २०७६, १८ : ३३
शनिबार, १७ फागुन २०७६

जनकपुर । नेपाल निजामति कर्मचारी संगठनका केद्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले संघीय निजामति सेवा ऐन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार जनकपुरमा नेपाल निजामति कर्मचारी संगठन प्रदेश नम्बर २ को आयोजनामा भएको आन्दोलन जागरण अभियान सम्बन्धी अगुवा संगठकहरुको भेलामा अध्यक्ष देवकोटाले संघीय निजामति सेवा ऐन सरकारले लागू नगर्दा अन्योलता रहेको बताए ।

उनले वर्तमान सरकारले कर्मचारीहरुको हक अधिकारका लागि रहेको ट्रेड यूनियन र कर्मचारीको सेवा सुविधा कुनै पनि हालतमा कटौती गर्न नपाइने बताए । सरकारले कटौती गरेमा आफू बाध्यात्मक आन्दोलनमा जाने चेतावनी दिए । 

उनले संघीय, प्रदेश र स्थानीय तहसम्म ट्रेड यूनियन हुनुपर्ने र सोको लागि सरकारले व्यवस्था मिलाइदिनुपर्ने माग समेत गरे । उनले कर्मचारी समायोजनका केही कार्य अझै पनि बाँकी रहेकाले तत्काल पूरा गरी कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने वातावरण मिलाइदिन सरकोरवालाहरुसँग आग्रह गरे ।

आन्दोलन जागरण अभियानमा नेपाल निजामति कर्मचारी संगठन प्रदेश नम्बर २ का अध्यक्ष गौतम पोखरेलले मुलुकमा भ्रष्टाचार बढेकाले सुशासन कायम गर्नका लागि कडा रुपमा कानुनी कारवाही गर्न सरकारसँग आग्रह गरे । उनले मुलुकमा बढिरहेको महँगीलाई नियन्त्रण गर्नुपर्ने माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप