मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था हुँदैछ : अर्थमन्त्री खतिवडा

शनिबार, १७ फागुन २०७६, १७ : ५७
शनिबार, १७ फागुन २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले फिल्म सुटिङस्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताए ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी मेत सम्हालिरहनुभएका खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई जीवन वृति दिने व्यवस्था समेत सरकारले गरिरहेको बताए ।

यो क्षेत्रका प्रतिभाहरुलाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा नरहेको समेत मन्त्री खतिवडाको भनाइ छ । लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उनले बताए ।

मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप