केन्द्रीय संस्करण

मलेसियासँग २२ रनले हार्‍योे नेपाल

person explore access_timeफागुन १७, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाल एसीसी इस्टर्न रिजन पुरुष टी– २० कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग पराजित भएको छ । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल शनिबार मलेसियासँग २२ रनले पराजित भएको हो । खराव सुरुवात गरेको नेपाललाई यस हारले उपाधि यात्रामा धक्का लाग्ने देखिएको छ ।

मलेसियाले दिएको एक सय ५५ रनको विजय लक्ष पछ्याएको नेपाल नेपालले १९.४ ओभरम सवै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटिएको थियो ।  
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८÷३८ रन बनाए । पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले हार खान बाह्य भयो । पवन सर्राफले १९ र पारस खड्काले नौ रन बनाए । मलेसियाका शार्भिन मुनिन्डेले चार विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले दुई  दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित ५१ रन बनाए । अनवर अरुदीनले ३१, मोहमद नुरले ३० र अमिनुदुन राम्लेले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।

सन्दीपले टी– २० क्रिकेटमा सतक विकेट लिने नेपालका कीर्तिमानी खेलाडी पनि बने । उनले ब्यक्तिगत एक सय दुई विकेट पूरा गरेका छन् । अविनाश बोहराले दुई र करण केसीको एक विकेट लिए नेपालले आइतबार हङकङसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत  शनिबार नै भएको अर्को खेलमा  सिंगापुरले थाइल्याण्डलाई ४३ रनले हराएको छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्ण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.