शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

शनिबार, १७ फागुन २०७६, १७ : २२
शनिबार, १७ फागुन २०७६

इस्लामाबाद । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक  सरकारी अधिकारीले जानकारी दिएका छन् । 

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन्। 

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप