शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी छिटो टुङ्गो लगाउन ध्यानाकर्षण

शनिबार, १७ फागुन २०७६, १६ : ५७
शनिबार, १७ फागुन २०७६

प्रदेश नं ५ का प्रदेशसभा सदस्यले राजधानी र नामकरणको विषय छिटो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको विशेष समयमा बोल्दै सदस्यले अस्थायी राजधानीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका हुन् । 

बैठकमा प्रदेशसभाका सदस्य सन्तोषकुमार पाण्डेले प्रदेशको राजधानी र नामकरणको विषय ओझेलमा परेको बताए । उनले सरकारका जिम्मेवार व्यक्तिले राजधानीका लागि मरुभूमि खोज्ने काम गरेको भन्दै बहुमतका नाममा जे गरेपनि हुन्छ भन्ने सोचाई नराख्न आग्रह गरे । सदस्य पाण्डेले अस्थायी स्थानलाई नै स्थायी राजधानी तोक्न माग गरे ।

अर्का सदस्य अष्टभुजा पाठकको प्रदेशको राजधानी र नामकरण सम्बन्धमा गठित विशेष समितिको प्रतिवेदन तत्काल सभामा प्रस्तुत गर्न माग रह्यो। 

बैठकमा सदस्यको ध्यानाकर्षण गराउदै सभामुख पुर्णबहादुर घर्तीले राजधानीका विषयमा आफूलाई नजोड्न आग्रह गरे । 

प्रदेशको राजधानी र नामकरणका लागि गठित विशेष समितिको प्रतिवेदन अपूर्ण रहेकाले केही समय लागेको बताउदै यसमा सभामुखको कुनै भूमिका नहुने स्पष्ट पारे  ।

बैठकमा बोल्दै अन्य सदस्यले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप