मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

५०० सार्वजनिक सवारी साधनमा ‘डस्बिन’

शनिबार, १७ फागुन २०७६, १६ : ४१
शनिबार, १७ फागुन २०७६

संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ÷सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङ्कङको सहकार्यमा आज नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधनलाई ‘डस्बिन’ वितरण गरेको हो । 

    समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउँछिन् । “व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ”, उनले भनिन् । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारी साधनलाई जनचेतनामूलक अडियोसहितका पेनड्राइभ वितरण गरेको थियो । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताए । “लाखौँ व्यक्ति सार्वजनिक सवारी साधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो”, उनले भने । 

 विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप