शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष साहद्वारा ३ बालबालिकाको अभिभावकत्व ग्रहण

शनिबार, १७ फागुन २०७६, १३ : ०३
शनिबार, १७ फागुन २०७६

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले सो वडाका ३ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । 

साहले आर्थिक अवस्था कमजोर भएका जनकपुरधाम उपमहानगरपालिका वडा ७ बस्ने ४० वर्षीय जीतेन्द्र कुमार मिश्रका दुई छोरी नूतन र पूजा र  छोरा अनुजको अभिभावकत्व ग्रहण गर्दै निःशुल्क अध्ययनको व्यवस्था गरिदिएका हुन् । 

वडाध्यक्ष साहले ती बालबालिकाको आमा क्यान्सरबाट ग्रस्त तथा बुवा समेत रोगबाट थला परेको जानकारी पाएपछि आफूले जिम्मेवारी बोध गर्दै अभिभावकत्व ग्रहण गरेको बताए । 

जीतेन्द्रका छोरा अनुज ८ वर्षका छन् भने अहिले १ कक्षामा पढ्छन् । यस्तै १४ वर्षिया नूतन कक्षा ६ र ११ वर्षीय पूजा कक्षा ५ मा अध्ययन गर्छिन् । उनीहरु सबैलाई साहले श्रीराम जानकी आधारभूत विद्यालयमा निःशुल्क पढाइको व्यवस्था सहित आवश्यक कापीकलमको व्यवस्था गरेका छन् । 

वडाध्यक्ष साहले प्रदेश नम्बर २ मा सरकारले बेटी पढाउ बेटी बचाउको नारा लगाएर अभियान चलाउँदा समेत यस्ता परिवारका बालबालिकाप्रति बेवास्ता गर्नु दुःखद रहेको बताए । 

वडाध्यक्ष साहले तत्कालका लागि सो परिवारलाई ८० किलो चामल र बालबालिकाका लागि १५ थान लुगा समेत प्रदान गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप