शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोषी तुलो

शनिबार, १७ फागुन २०७६, ११ : ५४
शनिबार, १७ फागुन २०७६

–अर्जुनराज पन्त

कुन छ धेरै, कुन छ थोरै, कुन छ बराबरी
सबलाई जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्ने गरी

वस्तु सबै जोख्थे त्यहाँ सानोदेखि ठूलो 
मान्छेसमेत जोख्ने खालको आलुको रै छ तुला !

भर्खर मात्र जोखे मान्छे त्यही तुलोमा हाली
एकातिर भएका जति अर्कातिर खाली

त्यही खालीमा राखी जोखे एउटा व्यक्ति जब
बराबर रे दुवैतिर जिल्ल परे सब !

गह्रँुगो त्यो वजन उसले पायो कसोगरी ?
थाहा थियो कि के छ भन्ने उसका पेटैभरी ।
 

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो
त्यति विधि मान्छे भन्दा उसको वजन ठूलो !

बिग्रियो कि जोख्ने तुलो पिँधमा परी दुलो 
धमिलिए कि तिम्रा आँखा पर्‍याथ्यो कि धूलो ?

अचम्मैको तौल अरे एउटै व्यक्तिसँग
तौलवालाको संवाद सुन्दा भा छन् सबै दङ्ग ।

शब्द पनि उस्तै अझ महावजनधारी
त्यस्तै शब्द बोल्ने भा र भा को हो कि भारी ?

वजन बढ्ने खालकै रै छ अझ आनिबानी
जस्तो पनि बोल्न सक्ने जत्ति पनि खाने !

गाली उस्तै शब्द उस्तै वजन उस्तै भा’को
मान्छे जोख्ने अड्डाबाट त्यो पदवी पा’को

दुई दिन पनि टिकेन त त्यस्तो शक्तिशाली
संवाद सुन्दै थुक्न थाले गर्न थाले गाली

त्यस्तो खालको पदवी त्यो क्यारी उसले पायो 
भित्रिया पो थ्यो कि उनको अनि माया लायो !

वजन पक्कै भारी थियो कि बिग्रेको थियो तुलो 
जोख्ने मान्छे उस्तो हो कि बोल्यो जोख्नै भुल्यो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप