शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेनिशाले छोडेपछि हिरोइन छान्न अडिसन गर्दै ‘टुल्की’

शनिबार, १७ फागुन २०७६, ११ : २८
शनिबार, १७ फागुन २०७६

काठमाडौं । फिल्म युनिट अहिले अभिनेत्रीको खोजीमा रहेको छ । केही अगाडि फाइनल भएकी अभिनेत्री बेनिशा हमालले फिल्म छाडेपछि निर्माण युनिट नयाँ हिरोइनको खोजीमा तिर लागेको हो ।

फिल्म छायाँकनमा भएको ढिलाइका कारण बेनिशाले फिल्म छोडेको बताइएको छ । बहुपति प्रथामा बन्न लागेको यो फिल्म लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन् ।

निर्माण युनिटले अहिले अडिसन मार्फत् हिरोइन छान्न लागेको हो । हिरोइनका लागि इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाएर अडिसनमा सहभागी जनाउन सक्नेछन् ।

इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने र अडिसनमा सहभागी मध्य उत्कृष्टलाई फिल्मको हिरोइनमा लिने निर्देशक सुनारले बताए ।

अडिसन २० देखि २५वर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्नेछन् ।  अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते हुनेछ । 

जुम्ला, मुगु र डोल्पामा छायांकन हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् । 

फिल्म ‘टुल्की’ खिच्नका लागि साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन् । उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप