शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्डियन–२’ को शुटिङका क्रममा मृत्यु भएकाका परिवारलाई १ करोड दिने घोषणा

शनिबार, १७ फागुन २०७६, ०८ : १९
शनिबार, १७ फागुन २०७६

बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् । 

निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना  प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन् । 

उनले भने, ‘परिवारलको लागि यो सहयोग ठूलो नभएपनि सहयोग स्वरुप १ करोड दिने घोषणा गरेको हुँ ।’ उनले सेट सुरक्षित हुँदा हुँदै पनि भएको दुर्घटनामा विश्वास गर्न मुश्किल भएको बताएका छन् । 

ईभीपी फिल्म सेटमा गत फेब्रअरी १९ को रातमा सेटमा क्रेन भाँचिएर तीन प्राविधिकको मृत्यु भएको थियो । जसमा १२ जना घाइते भएका छन् । 

दुर्घटनामा अभिनेता कमल हसन, अभिनेत्री काजल अग्रवाल र निर्देशक एस शंकर पनि घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप