शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार तपाईंको भाग्यफलले के भन्छ ?

शनिबार, १७ फागुन २०७६, ०६ : २७
शनिबार, १७ फागुन २०७६

वि.सं. २०७६ साल फागुन १७ गते शनिबार । ईस्वी सन् २०२० फेब्रुअरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुण शुक्लपक्ष । तिथि– षष्ठी,  अहोरात्र । नक्षत्र– भरुणी,  ५२ घडी २२ पला,  रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रह्म,  ०७ घडी ५९ पला,  बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र । करण– कौलव,  बेलुकी ०६ बजेर ४३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । 

काठमाडौँमा सूर्योदय ०६ बजेर ३१ मिनेट,  सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४८ पला ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) : राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरूबीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) : मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ भने विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छन् । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन्  । पढाइ लेखाइ तपार्इं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरू प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । प्रेममा एकअर्काबीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : क्षमता प्रयोग गरी अरूलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी  गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिँडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ । प्रेममा रमाउन चाहनेहरुले एकअर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) : अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दूरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : नसोचेको धन सम्पत्ति हात लाग्ने गतिलो योग रहेको छ । व्यापार व्यावसायमा समय लगानी  गर्नेहरुले मनग्गे धनसम्पत्ति सङ्ग्रह गर्न सक्नेछन् । विद्यामा समय दिएअनुसार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अविश्वास सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्वन्धी समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।
   
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) : दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) : पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपाईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धी पेसा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईंलाई सम्झनेछन् ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी  गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृढ भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महसुस हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा) : साहसिलो काम गर्ने जोसजाँगर आउँनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउँनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची) : व्यापार व्यावसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप