बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कन्हैयाकुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन बाटो खुल्यो,दिल्ली सरकारले दियो सहमति

शुक्रबार, १६ फागुन २०७६, २२ : ५१
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ ।

शुक्रबार दिल्ली सरकारले कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो । दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयाकुमारसहित अरु आरोपीमाथि मुद्दा चल्ने निश्चित भएको छ ।

केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो । तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित १० जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ ।

सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । दिल्ली सरकारले राजद्रोहको मुद्दा दायर गर्न समहति दिएलगत्तै कन्हैयाकुमारले उक्त कदमप्रति व्यंग्य गर्दै केजरीवाल सरकार र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । उता,भाजपा दिल्लीका अध्यक्ष मनोज तिवारी लगायतले भने केजरीवाल सरकारको उक्त कदमको स्वागत गरेका छन् । Photo:BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप