केन्द्रीय संस्करण

क्यामरूनको संसदमा सत्ताधारी दललाई फराकिलो बहुमत

person explore access_timeफागुन १६, २०७६ chat_bubble_outline0

एजेन्सी । क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ । परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ (आरडीपीसी) ले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ ।

क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । ‘फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,’ परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताए । उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन । 

उनले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताए । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ । Photo: AFP

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...