बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीकर्मी केसी सम्मानित

शुक्रबार, १६ फागुन २०७६, २० : ११
शुक्रबार, १६ फागुन २०७६

बुटवल । उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) रुपन्देहीले रातोपााटीकर्मी तेजेन्द्र केसीलाई सम्मान गरेको छ । शुक्रबार बुटवलमा हिसान रुपन्देहीको १० औँ साधारण सभाको  अवसरमा रातोपाटी अनलाइन प्रदेश ५ का संयोजक तेजेन्द्र केसीलाई पत्रकारिताको क्षेत्रबाट रुपन्देहीको शिक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै  शैक्षिक  पत्रकारिता पुस्कार प्रदान गरिएको हो । 

केसीलाई प्रमुख अतिथि शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले  नगद तथा दोसल्लासहित सम्मान पत्र हस्तान्त्रण गरेका थिए । हिसान रुपन्देहीले अब प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । केसीले एक दशकदेखि बुटवललाई कर्मथलो बनाए पत्रकारिता गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप