शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र सेनानी गौलीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, १६ फागुन २०७६, २० : ००
शुक्रबार, १६ फागुन २०७६

नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै पार्टीका पुराना नेता एवं पूर्वमहासमिति सदस्य ८६ वर्षीय गौलीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं–२ बाट उम्मेदवार बन्नुभएका गौलीको आज बिहान इटहरीस्थित आफ्नै निवासमा निधन भएको हो । गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

गौलीको निधनमा पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

“काँग्रेस सुनसरीका पुराना नेता गौलीको निधनले मलाई दुखित बनाएको छ, गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याउनुभएको योगदान महत्वपूर्ण छ”, देउवाले भने ।

सभापति देउवाले गौलीको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति  समवेदना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप