शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ तदर्थ समिति गठनको एक महिना : काफ्ले समूहको खबदारी सुरु

शुक्रबार, १६ फागुन २०७६, १९ : २७
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समितिको अपूर्णताले विद्यार्थी आन्दोलन र विधिवत महाधिवेसनमा अन्योलता निम्ताय संघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले निष्कर्ष निकालेको छ । 

नेविसंघ जनमैत्री कलेजद्वारा तदर्थ समितिको  अपूर्णता र अधिबेसनप्रतिको उदासीनता विषयमा शुक्रबार आयोजित विचार गोष्टीमा उक्त समूहले यस्तो निष्कर्ष निकालेको छ ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले किस्ताबन्दीको तदर्थ समितिले अधिवेशनलाई अन्योल बनाएको बताए ।  

उनले विद्यार्थीहरुले नेतृत्वलाई निरन्तर खबरदारी गर्न सुझाब दिए ।

निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले अमरण अनसनको बेवास्ता गर्दै आएको तदर्थ समितिले एक महिना बित्दा पनि अधिवेशनको सामान्य प्रकृया पनि नथालेकोले अब पाच महिनामा अधिवेशन सम्पन्न गर्नेमा संका व्यक्त गरे ।

उनले छ महिनापछि एक दिन समय थपे पनि मान्य नहुने बाताए। कार्यक्रममा नेविसंघ नेताहरु शिव रिमाल, ईश्वर विष्ट, मोती भण्डारी , इन्दु शर्मा, गणेश सापकोटा, ईश्वर अधिकारी, मनिस सिम्खडा  लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप