इरानमा कोभिड–१९ सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु (अपडेट)
तेहरान । इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ । इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ । इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताएका छन् ।
इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो । सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण विगत २४ घण्टामा भएको हो ।
उनले भने, ‘पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ ।’ त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ । –एएफपी/Photo:Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल