इस्टर्न रिजन ट्रफी सार्वजनिक
काठमाडौं । थाइल्याण्डमा शनिबारदेखि सुरु हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । सहभागी पाँचवटै देशका कप्तानले शुक्रबार ट्रफी सार्वजनिक गरेका थिए । नेपालले शनिबार मलेसियासँग खेल्दै प्रतियोगिातको सुरुवात गर्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाली टोली बिहिबार थाइल्याण्ड प्रस्थान गरेको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपालको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण