मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो सातामा बढ्यो ‘आमा’ को शो

शुक्रबार, १६ फागुन २०७६, १८ : २६
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो सातामा राम्रो दर्शक पाएको कारण दुबै फिल्म दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

फिल्म ‘आमा’ ले पहिलो साता भन्दापनि धेरै दोस्रो सातामा पाउन सफल भएको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भएको कारण पहिलो साता भन्दा दोस्रो साता राम्रो शो मिलेको हो । फिल्मको शनिबारको बुकिङ पनि राम्रो देखिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले आज शुक्रबार फिल्मको व्यापार राम्रो रहेको भन्दै शनिबार आक्रामक हुने विश्वास व्यक्त गरे । दीपेन्द्रकै लेखन, छायाँकन र निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्मले तीन आमाको कथा बिषयबस्तु बनाएको छ ।

त्यस्तै ‘सेन्टी भाइरस’ पनि दोश्रो सातामा प्रवेश गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा  सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप