शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीन भ्रमणपछि मङ्गोलियाका राष्ट्रपति १४ दिनको क्वारेन्टाइनमा

शुक्रबार, १६ फागुन २०७६, १६ : ३६
शुक्रबार, १६ फागुन २०७६

एक दिवसीय चीन भ्रमणबाट फर्किएका मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिने क्वारेन्टाइनमा राखिएको छ । राष्ट्रिय समाचार एजेन्सी मोन्टसेमका अनुसार बटुग्लासहित विदेशमन्त्री र अन्य सरकारी अधिकारीहरु चीनमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति बटुल्गासहित प्रतिनिधिमण्डलका सदस्यहरुलाई सावधानी अपनाउँदै बिहीबारदेखि दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो ।

मोन्टसेमका अनुसार बटुग्ला र राष्ट्रपति सीबीचको भेटमा कोराना भाइरसको नियन्त्रणका लागि साझेदारीको विषयमा पनि छलफल भएको थियो । भेटमा बटुग्लाले चीनलाई ३० हजारवटा भेडा सहयोग गर्ने पनि घोषणा गरेका थिए ।

हालसम्म मङ्गोलियामा कोरोनाभाइरसको संक्रमण देखिएको छैन । कोरोनाभाइरसको संक्रमण रोक्न मङ्गोलियाले कडा उपायहरु अपनाएको छ । 

मार्चसम्मलाई विद्यालयलाई छुट्टी दिइएको छ भने चीनमा कोइलाको निर्यातलाई मार्च २ सम्मका लागि स्थगत गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप