शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिपी मैनाली सवार कार दुर्घटनाको छानविन गर्न कार्यदल गठन

शुक्रबार, १६ फागुन २०७६, १५ : ५४
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको हो । स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहेका छन् ।

बैठकले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ । मैनाली सवार कार बिहीबार महोतरीको रातुपुलमा दुर्घटना भएको थियो । दुर्घटनामा महासचिव मैनालीसहित उनका छोरा, बुहारी, नाती र कारचालक घाइते भएका छन् । मैनालीको राजधानीमा उपचार भैरहेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप