बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन राजदूतावासका कर्मचारीको परिचयपत्र देखाउँदै ठगी गर्ने पक्राउ

शुक्रबार, १६ फागुन २०७६, १५ : ४०
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घर भई काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाइएको छ । प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । 

खडकाले अहिले सम्म १० जनाभन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ । पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटक–पटक पैसा लिएको बताएका छन् । खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन् ।

काठमाडौंको बानियाँटारमा बस्दै आएका भीमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडी कार्ड देखाएर एम्बेस्सीको मान्छे हुँ भनेर बताएको र एम्बेस्सीमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए । उनले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताए । काठमाडौंमा पनि महाराजगञ्जको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाई छ ।

खडकाले पटक–पटक सङ्का लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने बेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए । खडकाले अहिले सम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ । त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पिडितहरुले बताएका छन् । प्रहरीले भने खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप