केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाभाइरसः के हुँदैछ भ्याक्सिन बनाउने कुरा ?

भ्याक्सिन पत्ता लागेपछि कहिलेसम्म उपलब्ध हुन सक्छ ?

person explore access_timeफागुन १६, २०७६ chat_bubble_outline0

विश्वभरि नै कोरोना संक्रमण बढ्दै जाँदा यसको भ्याक्सिन पत्ता लगाउनेतिर ध्यान केन्द्रीत हुँदैछ ।

यहाँ हामीले भ्याक्सिनका बारेमा उठेका प्रश्नहरु तथा कहिलेसम्म कोरोनाभाइरसका भ्याक्सिन बन्छ भन्नेबारेमा केही उत्तरहरु खोज्ने कोशिश गरेका छौं ।

भ्याक्सिनले कसरी काम गर्छ ?

भ्याक्सिन भनेको एउटा शिक्षक जस्तै हो, उसको विद्यार्थी शरीरको रोग प्रतिरोधात्मक क्षमता र तिनको पाठ चाहिँ कसरी संक्रमणसँग लड्ने भन्ने नै हो ।

भ्याक्सिनले कुनै नोक्सान नपुर्याइकनै शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई भाइरस वा व्याक्टेरिया देखाइदिन्छ । शरीरको रक्षा प्रणालीले तिनलाई एउटा हमलाकारीको रुपमा चिन्छ र तिनका विरुद्ध कसरी लड्ने भनेर सिक्छ ।

यति भएपछि वास्तविक रुपमै हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीले त्यो अवस्थाको सामना गर्दा त्यो संक्रमणका विरुद्ध कसरी लड्ने भनेर जानिसकेको हुन्छ ।

भ्याक्सिन बनाउने तरिका कति प्रकारका हुन्छन् ?

लामो समयदेखि भ्याक्सिनमा अपनाइदै आएको तरिका भनेको वास्तविक भाइरसकै प्रयोग हो ।

उदाहरणका लागि, दादुरा, हाँडे (गलफुला) र रुवेलाका भ्याक्सिनहरुमा कमजोर तुल्याइएका तिनका भाइरसहरु प्रयोग गरिएका हुन्छन् । तिनले हाम्रो शरीरमा पूर्ण रुपमा संक्रमण गर्न सक्दैन । मौसमी फ्लुका भ्याक्सिन चाहिँ सो फ्लूका मुख्य भागलाई लिएर बनाइएको हुन्छ, जसलाई पूर्ण रुपमा निष्क्रिय तुल्याइएको हून्छ ।

नयाँ कोरोनोभाइरसको भ्याक्सिन बनाउने क्रममा नयाँ, कम प्रयोग गरिएका उपाय अवलम्बन गरिएको छ, जसलाई ‘प्लग एण्ड प्ले’ भनिन्छ । सार्स–कोभी– २ पनि भनिने यो नयाँ कोरोनाभाइरसको जेनेटिक कोड हामीलाई थाहा छ र यसलाई अरुमा हाल्दा यो पूर्णत हानिरहित भाइरस बनेको हुन्छ ।

यो भ्याक्सिन बनेपछि अब तपाई यो हानिरहित कीराले कसैलाई ‘संक्रमित’ पार्न सक्नुहुन्छ र सिद्धान्ततः उसलाई कोरोनाभाइरस प्रतिरोधी बनाउनुहुन्छ ।

अरु समूहहरु चाहिँ भाइरसको कच्चा जेनेटिक कोड (डीएनए वा आरएनए, त्यो भ्याक्सिन निर्माणमा अपनाइएको तरिकामा निर्भर गर्छ) लाई शरीरमा इन्जेक्सनले हालिन्छ । त्यसो गरेपछि शरीरले भाइरल प्रोटिन उत्पादन गर्न थाल्छ जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले कोरोनाभाइरससँग लड्न सिक्छ ।

कोरोनाभाइरसको खोप पत्ता लगाउने दिशामा कति प्रगति भएको छ ?

अनुसन्धानकर्ताहरुले भ्याक्सिनहरु विकसित गरेका छन् र तिनको जनावरहरुका प्रयोगात्मक परीक्षण थालेका छन् ।

भ्याक्सिन पत्ता लागेपछि कहिलेसम्म उपलब्ध हुन सक्छ ?

वास्तवमै भन्दा चाँडोमा आगामी वर्षको मध्यतिर हुन सक्छ ।

जनावरहरुमा कोरोनाभाइरसको खोप परीक्षण भइरहेको छन् र सबै कुरा ठीकठाकसँग, सोचेजस्तो अगाडि बढ्यो भने यो वर्षको पछितिर मानिसमा त्यसको परीक्षण गरिन सम्भव हुन्छ। तर, वैज्ञानिकहरुले आगामी क्रिसमसपूर्व नै भ्याक्सिन विकसित गर्यौं भनेर हर्षोत्सव मनाए नै भने पनि ठूलो मात्रामा त्यो खोप उत्पादन गर्नका लागि धेरै कामहरु गर्नुपर्छ ।

यी सबै कामहरु सोच्दै नसोचेका समयमापमा भ्याक्सिन निर्माणका नयाँ नयाँ तरिकाहरु अपनाएर भइरहेका छन् । त्यसैले सबैकुरा ठीकठाकसँग विनाअवरोध चल्छ नै भन्ने कुनै ग्यारेन्टी छैन । 

याद गर्नुपर्ने कुरा के छ भने मानिसहरुमा संक्रमण गर्ने चारथरिका कोरोनाभाइरसहरु पहिलेदेखि नै छन् । तिनले सामान्य रुघाखोकी लगाउने गर्छन् र तिनीमध्ये कुनै एकका विरुद्ध पनि हामीसँग खोप छैन ।

के यसले सबै उमेर समूहका मानिसहरुलाई बचाउँछ ?

अवश्य पनि, पन्छाउनै नमिल्ने गरी तर बृद्धबृद्धाहरुमा यसको सफलता कम हुनेछ । यो भ्याक्सिन आफैंको कारणले नभई बृद्धउमेर मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले हो । यो हामी प्रत्येक वर्ष फ्लुको भ्याक्सिनमा पनि देख्छौं ।

खराब असरहरु पनि पो हुन्छन् कि ?

सबै औषधीहरु, कतिसम्म भने सामान्य औषधी पारासिटामोलको पनि, खराब असरहरु हुन्छन् । तर चिकित्सीय परीक्षण र प्रयोग बिना अहिले प्रयोगको चरणमा रहेको खोपको के कस्तो खराब असरहरु हुन्छन् भनेर भन्न असम्भव छ ।

भ्याक्सिन बन्नुपूर्व के उपचारहरु छन् ?

भ्याक्सिनले संक्रमणबाट बताउँछ र त्यो भनेको शरीरको अवस्था स्वस्थ हुँदा गरिने सही तरिका हो ।

तर संक्रमित नै भइहालेको अवस्थामा पनि धेरै जसो मानिसहरुमा यसको असर मध्यम खालको हुन्छ । चीनमा केही भाइरस प्रतिरोधी औषधीहरु चिकित्सीय परीक्षणको रुपमा प्रयोग त भएका छन् तर  तिनले काम गर्छ कि गर्दैन भन्ने कुरा यकिनका साथ भन्न सकिन्न ।

तथ्य र तस्विर स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.