बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता विजय बरालले गरे बिवाह

शुक्रबार, १६ फागुन २०७६, १४ : २२
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । अभिनेता विजय बरालले विवाह गरेका छन् । कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग  बरालले लगनगाँठो कसेका हुन् । अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् । बिहिबार काठमाडौंको एक पाटी प्यालेसमा बराल र खनालको लगनगाँठो कसिएको हो । 

यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो । मण्डला थिएटरका कलाकार विजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत  काम गरेका छन् । अभिनेता विजय कबड्डी ऋखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप