बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको नक्सा बनाउने काम अन्तिम चरणमा

शुक्रबार, १६ फागुन २०७६, १३ : १९
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । 

नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन् । नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पु¥याएको उनको भनाई छ ।  

यस्तै सगरमाथाको उचाइको नाप्ने काम ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने मन्त्री अर्यालको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप