शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी

शुक्रबार, १६ फागुन २०७६, १३ : १४
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गर्र्दै फिल्मको छायाँकन सुरु गरिएको हो ।  कार्यक्रममा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत फिल्मका प्राविधिकहरुको समेत उपस्थिति रहेको थियो ।

फिल्मको छायाँकन काठमाडौं, ललितपुर र पोखरमा हुनेछ । प्रेमकथामा बन्न लागेको फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माण युनिटको रहेको छ । अनमोल र सुहानाले यस अगाडि ‘ए मेरो हजुर ३’ अभिनय गरेका थिए । जुन फिल्मले लगानी उठाउन सफल भएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप