दुलहीलाई पार्टी प्यालेसमा पर्खाएर किन भागे आश्रय ?
दुई वर्षअघि (नाम परिवर्तन) सीताको कलेजकी साथीका माध्यमबाट आश्रय बस्नेतसँग चिनजान भएको थियो । आश्रयले सीतालाई काठमाडौँको सिनामङ्गलमा आफ्नो घर रहेको बताएका थिए ।
सीतालाई काठमाडौँमा घर भएको र इन्जिनियर पढेको भन्दै आश्रयले विश्वास दिलाउँदै आए । केही समयको चिनजान र प्रेमपछि उनीहरूले विवाह गर्ने योजना बनाए । केटाकेटीले दुवैले केटीको परिवारसँग विवाहको प्रस्ताव राखेकाले कसैले पनि शंका गरेनन् ।
१५ दिनअघि काठमाडौँकै एक होटलमा उनीहरूको इन्गेजमेन्ट भयो । इन्गेजमेन्टमा केटीपक्षले केटालाई चार तोला सुन र पाँच लाख बराबरको फर्निचर पनि दियो । बिहेको मिति पनि तय भयो, ‘फागुन १३ गते ।’
गत मङ्गलबार नयाँ बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहेको धुमधाम तयारी थियो । केटी पक्षलाई बिहेको चटारोले भ्याइनभ्याइ थियो ।
केटी पक्षले विवाहमा करिब सयभन्दा बढी पाहुना बोलाएका थिए । एक महिनाअघि आश्रय र उनकी हुनेवाली दुलहीले नै फागुन १३ गतेको लागि पार्टी प्यालेस बुकिङ गराएका थिए ।
केटीको बिहे डाक्टरको छोरा इन्जिनियरसँग हुँदै थियो । त्यसैले पनि बिहेको पार्टी भव्य रुपमा आयोजना गरिएको थियो । पार्टी प्यालेसमा केटीका आफन्तहरु ९ बजेदेखि नै आउने क्रम जारी थियो ।
जन्ती ११ बजे आइपुग्ने समय थियो । केटी पक्ष जन्तीलाई स्वागत गर्न तम्तयार भएर बसेका थिए । तर, निर्धारित समयमा जन्ती आइपुगेन ।
सीता आफैँले आश्रयलाई फोन गरिन् । आश्रयले आफ्नो काका बितेको कुरा सीतालाई भने । आश्रयले साँझतिर मात्रै जन्ती लिएर आउँछु भन्दै सीतालाई फेरि आश्वस्त पारे ।
तर, साँझको ६ बज्दा पनि जन्ती आएन । सीताले फेरि आश्रयलाई फोन गरिन् ‘अफ’ थियो । त्यसपछि हल्लाखल्ला भयो ।
‘काठमाडौँमा घर र इन्जिनियर पढेको भनेर केटी पक्षलाई ढाँटेका आश्रयले डरको कारण भागेको हुनुपर्छ,’ बोगटीले भने, ‘सामान्य परिवारका आश्रयले काठमाडौँकी धनाढ्य केटीसँग बिहे गर्न लागेका थिए । पछि आफैँलाई समस्या हुने डर लागेको हुनसक्छ ।’
बिहेको कपडाले सजिएर बसेकी सीताको अनुहार एकाएक मलिन भयो । केही बोल्नै सकिनन् । दुलहा नआएपछि केटी पक्षले प्रहरीमा उजुरी दियो । तत्कालै प्रहरीले आश्रयको खोजतलास थाल्यो ।
बुझ्दै जाँदा सिनामंगलमा देखाएको घरमा आश्रय भाडामा बस्दै आएका रहेछन् । प्रहरीलाई झनै शंका बढ्यो । उनको खोजी तीव्र बनायो ।
अन्ततः बिहीबार साँझ पोखरा विमानस्थलबाट आश्रय पक्राउ परे । अवैध चार हजार अमेरिकी डलरसहित आश्रयलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
विवाहको प्रक्रिया अघि बढाउन आश्रयले केटीकी बुबालाई हजुरआमा भन्दै एकजना वृद्धालाई भेटाएको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
‘काठमाडौँमा घर र इन्जिनियर पढेको भनेर केटी पक्षलाई ढाँटेका आश्रयले डरको कारण भागेको हुनुपर्छ,’ बोगटीले भने, ‘सामान्य परिवारका आश्रयले काठमाडौँकी धनाढ्य केटीसँग बिहे गर्न लागेका थिए । पछि आफैँलाई समस्या हुने डर लागेको हुनसक्छ ।’
अवैध रकमसहित भेटाएको हुँदा उनलाई बुटवलको राजश्व विभागमा बुझाइएको डीएसपी बोगटीले बताए । उनले भने, ‘विश्वासघात तथा ठगी मुद्दामा जाहेरी लिएर उनीमाथि थप अनुसन्धान हुन्छ ।’
१५ दिनअघि पनि यस्तै प्रकृतिको घटनामा एक व्यक्ति फरार छन् । तेह्रथुम घर भएका एक युवकले विवाहको मण्डपमा बेहुलीलाई छोडेर भागेको डीएसपी बोगटीले जानकारी दिए ।
पाँच वर्षदेखि अफेयरमा रहेका उनीहरुको माघ २९ गते काठमाडौँकै एक मन्दिरबाट विवाह गर्ने तय भएको थियो । तर, दुलाह सोही दिन ११ बजेबाट मोबाइल अफ गरेर फरार भएका थिए ।
केटी पक्ष प्रहरीकोमा गएपनि उजुरी नहालेको परिसरका प्रवक्ता बोगटीको दावी छ । उनले भने, ‘केटाकेटी एउटै गाउँको चिनजानको हो । केटीलाई मण्डपमा राखेर केटा भाग्नुको कारण खुलेको छैन ।’ फरार रहेका युवकको प्रहरीले खोजीकार्य जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु