शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकले गरे यस्तो खुलासा

शुक्रबार, १६ फागुन २०७६, ०९ : ३८
शुक्रबार, १६ फागुन २०७६

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए ।

तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहन्छन् ।

प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।

निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् । निकले भने, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप