शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चैत ५ भित्रै गभर्नर नियुक्ति गरिने, आधा दर्जन आकांक्षी

शुक्रबार, १६ फागुन २०७६, ०७ : ३७
शुक्रबार, १६ फागुन २०७६

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् । 

गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्याइने जवाफ दिए । 

डा. खतिवडाले विसं २०७१ चैत ५ गते पाँचवर्षे कार्यकाल पूरा गरी आफू गभर्नरबाट बाहिरिने अन्तिम दिन मात्र सरकारले नयाँ गभर्नर नियुक्ति गरेको उदाहरण दिँदै भने, ‘म पनि १ महीनाअघि होइन, अन्तिम समयमै नियुक्त भएको थिएँ । 

हालका गभर्नरलाई पनि सरकारले चैत ५ गते दिन ३ बजेतिर मात्र नियुक्ति गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको थिएँ ।’ सामान्यतया गभर्नरको कार्यकाल सकिनु १ महीनाअगावै आगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन छ । 

सरकारले नयाँ गभर्नरको नियुक्तिमा जति ढिलाइ गर्छ, त्यति नै दाबेदार व्यक्तिहरूको दौडधुप बढ्ने पूर्वगभर्नर गणेशबहादुर थापा बताउँछन् । गभर्नर नियुक्तिमा २० दिन मात्र बाँकी छ । यसबीच आधा दर्जन नाम सम्भावित गभर्नरका रूपमा बाहिर आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप