शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनायो

बिहीबार, १५ फागुन २०७६, २२ : १७
बिहीबार, १५ फागुन २०७६

धनुषा । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साहविरुद्ध भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना तथा सोही बराबरको बिगो जफत हुने फैसला सुनाइएको हो । 

विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज (बिहीबार)अन्तिम सुनुवाइ सम्पन्न भएको हो ।  पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप