बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कंसाकारमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद, एक करोड १४ लाख उपचार खर्च भराइयो

बिहीबार, १५ फागुन २०७६, २१ : ४१
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैदसहति एक लाख जरिवाना र उपचार खर्च भराउन फैसला सुनाएको छ । 

अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज अमरपूर्वन–६ का केशरीविरुद्ध उक्त फैसला सुनाएको हो। 

यस्तै अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ। 

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महल ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको हो ।


केशरीले २०७० सालमा हेटौंडा बजारमा आफ्नै घरको पसलमा रहेकी हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए। 

 कंसाकारको अनुहारमा एसिड छ्यापेर भागेका केशरीलाई ६ वर्षपछि बारा प्रहरी कार्यालयले गत कार्तिक १४ पक्राउ गरिएको थियो । त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप