बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी संस्थानको क्षमता बढाउन मन्त्री मगरको निर्देशन

बिहीबार, १५ फागुन २०७६, २१ : १८
बिहीबार, १५ फागुन २०७६

खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढङ्गले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी छन् । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव समारोहमा आज मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पु¥याउन नयाँ कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी हुन् ।

“संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस्”, उनले भनिन्, “सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ ।” 

संस्थानले नयाँ कार्यक्रम ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले निर्देशन दिइन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताए । 

“संस्थानका चुनौती धेरै छन, यी चुनौतीसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ”, उनले भने, “संस्थानले सानातिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणालीमा आधारित ठूल्ठूला खानेपानी आयोजनाको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।” 

उनले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तरराष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गरे । 

संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप