बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा अबैध पेस्तोल बरामद

बिहीबार, १५ फागुन २०७६, २० : ४९
बिहीबार, १५ फागुन २०७६

जनकपुर । धनुषा प्रहरीले अबैध हतियार बरामद गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुलाबारीमा कच्ची सडकको छेउमा एक थान कटुवा पेस्तोल, सो पेस्तोलको १ थान गोली प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा धनुषाधाम जाने कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

सोही स्थान बस्ने लक्ष्मी नारायण मण्डलको घर अगाडी वेबारिसे अबस्थामा राखिएको ५३०(४५२ नम्बरको निलो रङ्गको प्लेट भएको मोटरसाईकल पनि बरामद गरेको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर दुईका प्रवक्ता एवं सूचना अधिकारी जयराज सापकोटाले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप