चन्द्र ढकालको अर्को केवलकारलाई सञ्चालन अनुमति
काठमाडौं । सरकारले मौलाकाली केवलकार बनाउनको लागि अनुमति दिएको छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको उक्त केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले अनुमति दिने निर्णय गरेको हो ।
सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली धार्मिक बन समेत गरेर कुल जम्मा २.८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिएको छ । आइएमई समुहको लगानीमा निर्माण हुन लागेको उक्त केवलकार सो समुहले गर्न लागेको दोस्रो परियोजना हो । बनक्षेत्र प्रयोग गर्न नदिने सरकारको निर्णयले गर्दा परियोजनाको काम अघि बढ्न सकेको थिएन ।
यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ । गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्दै छन्। यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ