शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस, एक नम्बरमा लम्साल

बिहीबार, १५ फागुन २०७६, १८ : ५०
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो । 

मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्  । 

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय  प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए । 

लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको  दावेदार भएपनि उनीहरु छुट्न पुगेका छन् । 

अबको ५ महिनापछि हाल बढुवा सिफारिस भएका मध्येबाटै एक जना आईजीपी बन्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप