प्रदेश नम्बर २ : दैनिक १ सय ५० सेवाग्राहीले लिन्छन् श्रम स्वीकृति
जनकपुर । वैदेशिक रोजगारीमा जानका लागि प्रदेश नम्बर २ मा श्रम स्वीकृति गराउनेहरुको संख्या वृद्धि भएको छ । श्रम स्वीकृत गराउनेमा सबैभन्दा बढी धनुषाका युवाहरु रहेका छन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको श्रम तथा रोजगार कार्यालयबाट यस आर्थिक बर्षको फागुन १४ सम्म ११ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।
२०७५ पुस १५ गते स्थापना भएको श्रम तथा रोजगार कार्यालयबाट सहज रुपमा सेवाग्राहीहरुले श्रम स्वीकृति लिइरहेको प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।
मुलुक संघीयतामा गएसंगै प्रदेशस्तरमा श्रम तथा रोजगार कार्यालयको स्थापना हुँदा सेवा लिन सहज भएको सेवाग्राहीहरुको भनाइ छ ।
सुरुमा विचौलियाहरुको बढी बिगबिगी रहेपनि अहिले यस्तो कार्यलाई निरुत्साहित गरिएको बताइएको छ ।
महतोका अनुसार श्रम स्वीकृत लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् धनुषाबाट ५ हजार भन्दा बढी युवाहरुले श्रम स्वीकृति लिएको उनले जनाए । महतोले दैनिक १ सय ५० हाराहारीका सेवाग्राहीले कार्यालयबाट श्रम स्वीकृति पाउने गरेको पनि बताए ।
अहिले यस कार्यालयमा शाखा अधिकृत २, नायव सुब्बा ३, कम्प्यूटर अपरेटर १, भाषा अनुवादक १ र कार्यालय सहयोगी ३ गरी जम्मा १० जना कर्मचारी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा