बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शिविरबाट १ हजार १३० बिरामीको निःशुल्क उपचार

बिहीबार, १५ फागुन २०७६, १८ : ०९
बिहीबार, १५ फागुन २०७६

संखुवासभा । नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शयक्रियासमेत गरिएको छ ।

गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप