शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटा एक्लैले ७० करोड भ्रष्टाचार गर्ने आँट गर्न सक्दैनन्ः नेता केसी

बिहीबार, १५ फागुन २०७६, १८ : ०२
बिहीबार, १५ फागुन २०७६

नुवाकोट । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गोकुल बाँस्कोटा एक्लैले मात्र ७० करोड भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताएका छन् । 

बिहीबार गृहजिल्ला नुवाकोटको एक कार्यक्रममा  बोल्दै नेता केसीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले मागेको ७० करोड घुसमा प्रधानमन्त्रीदेखि केही मन्त्रीहरुको समेत संलग्नता हुने सक्ने आशंका गरे । 
 नेता केसीले झूट र भ्रमको आश्वासन बाँँडेर नेकपाले बहुमत ल्याएपनि अहिले उसको असलियत छताछुल्ल भएको बताए । 

देशमा जताततै बलात्कार, हत्या,हिसां, आतंक र भ्रष्टाचारले प्रशय पाएको दावी गर्दै नेता केसीले यसले जनतामा चरम निराशा बढाएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप