शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्स पठाइदिने भन्दै ३८ लाख ५० हजार ठगी गर्ने महिला प्रहरीको फन्दामा

बिहीबार, १५ फागुन २०७६, १५ : ३४
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंका तारकेश्वर नगरपालिका १९ स्थित मनमैजु बस्ने पुर्णिमा श्रीष रहेको प्रहरीले जनाएको छ । 

उनले  फ्रान्समा प्याकिङ फुड काममा आकर्षक तलव हुने भन्दै  प्रलोभनमा पारी शीर बहादुर थापालगायत ३ जना व्यक्तिहरुको ३८  लाख पचास हजार लिएर फरार भएकी थिइन् । 

यसबारे महानगरीय अपराध महाशाखामा थापाले उजुरी दिएपछि खोजतलासको क्रममा मनमैजुबाटै पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

 उनलाई बिहीबार आवश्येक अनुसन्धान तथा कारवाहीको महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप