बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको विशेष समयः कसले के भने ?

बिहीबार, १५ फागुन २०७६, १५ : ०४
बिहीबार, १५ फागुन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन् । 

 शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । 

 २०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो ? वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? भन्दै प्रश्न गरे । उनले आफूलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए ।  उनले भने, ‘यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्नँ । सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ ? जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन । कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट प¥यो । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? मर्लाइ शंका उत्पन्न भयो । मलाई जवाफ चाहिन्छ विश्वासको संकट प¥यो ।’

आफूले सरकारका विरुद्धमा कुनै लगत कुरा नबोलेको भएपनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे । ‘म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो । मैले कुनै गलत कुरा त बोलेको छैन् तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तिव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरु केही गरेको छैन् ।’  

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए । 

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले बताए ।  त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भएपनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताए । 

उनले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । शर्माले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडि बढुनपर्ने माग समेत गरेका छन् । 

सांसद महिन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिए । 

सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

तराई मधेशको लाइफ लाइनका रुपमा हुलाकी राजमार्गलाई लिइएको भएपनि त्यसको अनुभूति जनताले गर्न नपाएको उनले बताए । 
उनले चैत ११ सम्म राष्ट्रिय गौरबको आयोजनामा समेटेर काम सुरु नभए बैशाख १ गतेबाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने बताउनुभयो । यस्तै मानव सांङ्लो निकाल्ने, भारत नेपालबीच नागरिक संबाद रिले अनसन र आम हड्ताल गर्ने चेतावनी दिए । 

२०११ सालबाट राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माण सुरु भएको भएपनि सरकारले कम बजेट विनियोजन गर्दाे वीरगञ्जदेखि नवलपरासीसम्म जोड्ने सडक अझै अधुरा रहेको बताए । 

उनले नागरिकताको विषयलाई गम्भिर रुपमा लिन सरकारलाई आग्रह समेत गरे । 

सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो गम्भिर विषय भएकाले छानबिनको प्रकृया तत्काल अगाडी बढाउन आग्रह गरिन् । 
मन्त्री एक्लैले यति ठुलो काण्ड घटाउन नसक्ने उल्लेख गर्दै उनँले पर्दा पछाडि को को छन् पत्ता लगाएर कारवाहीको दायरमा ल्याउन पनि माग गरिन् । 

सांसद प्रेम सुवालले नेपाल ट्रष्ट अन्र्तगतका जग्गा र भवन कुन—कुन व्यक्तिको पालामा कसरी दिइएको हो त्यसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री समेत रहेका ट्रष्टका अध्यक्ष इश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने बताए । 

सांसद भिमसेन दास प्रधानले काठमाडौंको मुटुमा रहेको टुंडिखेलको सांस्कृतिक, धार्मिक, राजनीतिक महत्व भएपनि व्यवसायी र विभिन्न संघ संस्थाहरुले अतिक्रमण गरेको तर्फ सरकारको ध्यानाकर्षण गराए । 
उनले काठमाडौं भू टावर सम्झौता भएको ५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोले टुंडिखेलमा बसपार्क, ब्यापार यौन व्यवसायको रुपमा विकसित हुँदै गएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप