शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले भने– पार्टीभित्र समस्या छ

बिहीबार, १५ फागुन २०७६, १४ : ४४
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् । 

यद्यपि उनले समस्या समाधान हुने भन्दै नआत्तिन कार्यकर्तालाई अनुरोध गरे । 

बिहीबार राजधानीमा आयोजित पार्टीको बागमतीस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

‘यो पार्टी हामीले विघटनको दिशामा जान दिँदैनौं भनेर प्रतिज्ञा गर्नु पर्छ । हामीले यो आन्दोलनलाई विचलित हुन दिनु हुँदैन’, पार्टीमा देखिएको समस्याप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘कार्यकर्ता आतिनु पर्दैन । अहिले समस्या छ । त्यो समाधान हुन्छ ।’

नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालले बताए । पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने पनि नेपालको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप