शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी

बिहीबार, १५ फागुन २०७६, १४ : १३
बिहीबार, १५ फागुन २०७६

 सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए । अहिले उनको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।  

बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । 

उनका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । 

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाईते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए । मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप