बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त

बिहीबार, १५ फागुन २०७६, १४ : ०२
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । महोत्तरीमा मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त भएको छ । 

बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो । 

मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।  हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए । मैनाली एक कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप