बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाकै सांसदले भने–पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागे

बिहीबार, १५ फागुन २०७६, १३ : ३२
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको टिप्पणी गरेका छन् । 

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायित्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण गराए । 

एकाध घटनाबाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भएपनि त्यसको सम्प्रेषण हुन नसकेको तथा गरिब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भएपनि केही घटनाका कारण राजनीतिक स्थायीत्व माथि नै प्रश्न उब्जिएको भन्दै त्यस तर्फ नेताहरुलाई सचेत हुन आग्रह गरे । 

उनले भने “के नेकपाका नेताहरुले आफ्नो अभिभारा विर्सन थाल्नुभएको हो ? देश र जनताको हित र स्वार्थलाई सर्वोपरि नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो । नेताज्यूहरु यस्तो नहोस् । नेपाल कम्युनिष्ट पार्टी प्रति जनताको ठूलो साथ र भरोसा छ ।  त्यसैले तपाइहरु सम्हालिनुहोस् । र जनताको अभिमत,आकांक्षा र आफ्नै बाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् भन्ने मेरा आफ्नै नेताहरुलाई आग्रह र अनुरोध छ । ”

उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारवाहीको बचाउ गरे । आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गरे । पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगति गरेको उल्लेख गर्दै उनले सडक निर्माण, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पुर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिल्योज्यानले लागि परेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप