बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नास्टमा स्थापना हुने भयो युवा वैज्ञानिक फोरम, हरेक प्रदेशमा अनुसन्धान केन्द्र

बिहीबार, १५ फागुन २०७६, १३ : २०
बिहीबार, १५ फागुन २०७६

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन् । 
 बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उनले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी  दिए । 
    ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय  युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो ।  गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पु¥याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो ।  
    यसैगरी विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउन प्राथमिता दिइएको र विज्ञान र प्रविधिका क्षेत्रका विषयवस्तुमा छलफल गर्न महिनाको एकपटक वार्ताको थालनी तथा सातै प्रदेशमा एक÷एक प्राज्ञ–प्रतिष्ठानका विषयगत अनुसन्धान केन्द्र खोलिने तयारी गरिएको उनले जानकारी दिए । 

    कार्यक्रममा  नास्टले सिटी नेट, च्याउ उत्पादन, भू–क्षय रोकथाम, घाँस उत्पादन र वातावरणीय सुधार गरी सामाजिक आर्थिक रुपान्तरणमा उपयोगी देखिएको जुनकावा प्रविधि हस्तान्तरण गर्न सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको जानकारी दिइयो । 
     नास्टका अतिरिक्त विभिन्न प्रयोगशालाबाट दिँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनि ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र, संस्थाको गतिविधि चुस्तदुरुस्त बनाउन मोबाइल एप्स र नास्टलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न  गुरुयोजना अघि बढाइएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप