शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाले फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद स्मृतिसभा गर्ने, ओली र प्रचण्ड सहभागी हुने

बिहीबार, १५ फागुन २०७६, १३ : १५
बिहीबार, १५ फागुन २०७६

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ गते हत्या गरिएको थियो । सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।

नेकपा झापाले आयोजना गरेको उक्त वृहद स्मृति सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी अध्यक्षद्वय, वरिष्ठ नेता खनाल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्कृति पार्क सालबारीमा शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । शहीदको शालिकमा माल्यार्पण पछि बिर्तामोडको सुगम पेट्रोल पम्प नजिकै रहेको खुला मैदानमा वृहत श्रद्धाञ्जली सभा गरिने तय भएको अध्यक्ष पाठकले जानकारी दिएका छन् । 

यसैबीच, नेकपा १ नम्बर प्रदेश कमिटीको बैठक फागुन १९ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम २० गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको नेकपा झापाका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख मणिकुमार साम्पाङले जनाएका छन् । 

साम्पाङका अनुसार प्रदेश कमिटीको बैठकमा १ नम्बर प्रदेश अन्तरगतका नेकपा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहनेछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप